मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

म्यानमारमा सैनिक दमनको बिरोध

म्यानमारमा सैनिक दमनको बिरोध


  • ढोरपाटन संवाददाता
  • चैत्र २ २०७७, सोमबार

बागलुङ, २ चैत– मानवअधिकार तथा शान्ति समाज बागलुङले म्यानमारमा भएको सैनिक कु र बिकसित घटनाको बिरोध गरेको छ ।

सोमबार बिहान बागलुङ स्थित लोकतान्त्रिक चोकमा पुगेर समाजका अगुवाहरुले म्यानमारमा भएको घटनाको बिरोध जनाएका छन् । उनीहरुले सैनिक शासन लगाएर अधिकारकर्मी, सर्वसाधारण नागरिक समेतलाई दुःख दिएको प्रति खेत प्रकट गरेका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष हरि शर्मा हरिषले म्यानमारमा लोकतन्त्रको पुनरवहालीको माग गरेका थिए । उनले राजनीतिक आस्थाको आधारमा बन्दी बनाइएका सबै नागरिकको रिहाइ, सैनिक दमन रोक्नुपर्ने तथा लोकतान्त्रिक मूल्य र मान्यता स्थापनामा सरकाको ध्यानाकर्षण समेत गराएका थिए । उक्त कार्यक्रमको संचालन समाजका सचिव निलकण्ठ शर्माले गरेका थिए । सैनिक शासन सुरु भएपछि बिरोध गर्नेलाई गैरकानूनी पक्राउ गर्ने, यातना दिने र हत्या समेत भएको घटनाको विश्वभर बिरोध भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->