मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

भीरबाट लडेर युवाको मृत्यु

भीरबाट लडेर युवाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • चैत्र २ २०७७, सोमबार

बागलुङ, २ चैत– बागलुङमा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका–४ ओडारचौरस्थित भिरबाट खसेर सोमबार बिहान काठेखोला गाउँपालिका–३ धम्जाका २२ वर्षीय गणेश बोहोराको मृत्यु भएको हो । उनको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण पल्ली मगरले जानकारी दिए । सोमबार बिहान भीरबाट खसेर मृत्यु भएको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो । बोहोरा ओडारचौर स्थित घरमा आइतबार राती साथीहरुसंगै सुतेको र बिहान नभेटेपछि खोजतलास गर्दा घरमुनीको भीरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बोहोराको शव पोष्टमार्टमका लागि धौलागिरी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->