मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बलत्कारका दुई घटना : १० वर्ष कैद र एक लाख क्षतिपूर्ति

बलत्कारका दुई घटना : १० वर्ष कैद र एक लाख क्षतिपूर्ति

बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरका लिलबहादुर बिक र गलकोट नगरपालिका वडा नं. १ का बुलबहादुर बिकलाई सजाय सुनाएको हो ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७७, बिहिबार

बागलुङ, ५ चैत – जिल्ला अदालत बागलुङले जर्बजस्ती करणीका दुई मुद्धाको फैसला गर्दै दश वर्ष ६ महिना कैद र एक लाख पाँच हजार रुपैयाँ क्षतिपूर्ति तोकेको छ ।
बलात्कारमा संलग्न भएको ठहर गर्दै अदालतले बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरका लिलबहादुर बिक र गलकोट नगरपालिका वडा नं. १ का बुलबहादुर बिकलाई सजाय सुनाएको हो । ४३ वर्षिया महिलालाई बलात्कार गरी गर्भवती बनाएको कसुर ठहर गर्दै लिलबहादुरलाई ७ वर्ष कैद सजाय सुनाईएको हो ।
मंगलबारको इजलाशमा जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेले बलात्कार ठहर गर्दै जर्बजस्ती करणी कसुरमा आरोपितलाई ७ वर्ष कैदसहित पीडितलाई ८० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।
पीडित महिलालाई आरोपित विकले २०७६ वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २९ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । बलात्कारपछि रहेको बच्चा जन्मिने बेला पीडित महिला प्रहरीमा उजुरीका लागि पुगेकी थिईन् । आरोपितबिरुद्ध जिल्ला अदालत बागलुङमा २०७६ पुस २९ गते जर्बजस्ती करणी अभियोगमा सरकारी वकिल कार्यालय बागलुङले मुद्दा दर्ता गरेको थियो ।
त्यस्तै, ७८ वर्षिया वृद्धालाई बलात्कार गरेको कसुरमा गलकोटका बुलबहादुर बिकलाई ३ वर्ष ६ महिना कैद तोकिएको छ । मंगलबारकै इजलाशले बलात्कार कसुर ठहर गर्दै जर्बजस्ती करणी उद्योग कसुरमा आरोपितलाई ३ वर्ष ६ महिना कैदसहित पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले बताए ।
पीडित वृद्वालाई बिकले २०७६ भदौ २ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । त्यस लगत्तै प्रहरीले आरोपितलाई भदौ ४ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पुरा भएपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत ०७६ भदौ २६ गते जिल्ला अदालतमा जर्बजस्ती करणी उद्योगअन्तर्गत मुद्धा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->