मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

धौलागिरी अस्पतालका अध्यक्ष रानालाई डा.तरुण पौडेल तिकित्सा सम्मान

धौलागिरी अस्पतालका अध्यक्ष रानालाई डा.तरुण पौडेल तिकित्सा सम्मान


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ५ २०७७, बिहिबार

बागलुङ, ५ चैत– धौलागिरी अस्पताल बागलुङ व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई यस बर्षको ‘डाक्टर तरुण पौडेल चिकित्सा सम्मान’ प्रदान गरिएको छ । अस्पतालको विकासको लागि रानाले खेलेका भूमिकाको कदर गर्दै सम्मान प्रदान गरिएको हो ।
धौलागिरी अस्पताल बागलुङमा बरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट रही १६ वर्ष सेवा प्रवाह गरेका डा. पौडेलले स्थापना गरेको ‘डा. तरुण पौडेल चिकित्सा कोष’ले हरेक बर्ष स्वास्थ्य क्षेत्रमा योगदान गर्ने एक जनालाई सम्मान र तीन जना स्वास्थ्यकर्मिलाई पुरस्कृत गर्दै आएको छ ।
कोषले बुधबार बागलुङमा एक समारोहको आयोजना गरी पुरस्कार र सम्मानसहित सौगात नामक पत्रिका बिमोचन गरेको छ ।
यसवर्ष पुरस्कृत हुनेमा धौलागिरि अस्पताल बागलुङमा पूर्वकार्यरत रहि हाल सरुवा हुनुभएका डा. प्रदीप श्रेष्ठ, नर्सिङतर्फ स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत मनदेवी गौतम र प्यारामेडिकलतर्फ धौलागिरि अस्पतालमा कार्यरत रेडियोग्राफर खड्कबिर थापा रहेका छन् ।
साविकको धौलागिरी अञ्चलका चार जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरु मध्येबाट उत्कृष्ट कार्यसम्पादन गर्नेलाई पुरस्कृत गर्ने गरिएको छ । कोरोनाको असहज परिस्थीतिमा प्रभावकारी भुमिका निर्वाह गर्नेलाई पुरस्कृत र सम्मान गरिएको कोषका अध्यक्ष काजीरोशनले जानकारी दिए ।
पुरस्कृत र सम्मानित सबैलाई जनहि १५÷१५ हजार नगद सहित दोशल्ला र प्रशंसा एबं सम्मान पत्रद्धारा सम्मान गरिएको छ । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी शिब कुमार कार्कीले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राख्नका लागि तरुण पौडेल चिकित्सा कोष महत्वपुर्ण रहेको बताए ।
कार्यक्रममा कोषका संस्थापक संरक्षक डा. तरुण पौडेल, धौलागिरी अस्पताल बिकास समितीका अध्यक्ष एबं सम्मानित ब्यक्तित्व केबी राना मगर, पुरस्कृत ब्याक्तित्व डा. प्रदिप श्रेष्ठ, मनदेबी गौतम र खड्कबिर थापाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा डा. तरुण पौडेल चिकित्सा कोषबाट प्रकाशित सौगात नामक मुखपत्र समेत सार्वजनिक गरिएको थियो । प्रकाशित कृतिबारे शिक्षासेवी जगन्नाथ आचार्यले प्रकाश पारेका थिए ।
त्यसैगरी सम्मानित चारैजनाको ब्याक्तित्व बारे कोषका सदस्य शकुन्तला शर्माले चर्चा गरेका थिए । कार्यक्रम डा. तरुण पौडेल चिकित्सा कोषका अध्यक्ष काजिरोशनको अध्यक्षता, सदस्य देब बहादुर श्रेष्ठको स्वागत मन्तब्य र सदस्य राम प्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->