मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

श्रीमानको हत्या आशंकामा श्रीमती पक्राउ

श्रीमानको हत्या आशंकामा श्रीमती पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०७७, शुक्रबार

बागलुङ, ६ चैत– आफ्नै श्रीमानको हत्या आशंकामा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले जिल्लाको गलकोट नगरपालिका वडा नं. ४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीलाई नियन्त्रणमा लिएको हो । उनले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान धनबहादुर सार्कीको हत्या गरेको प्रहरी आशंका छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, गत चैत १ गते राती घरमा विवाद हुँदा आमाछोरा मिलेर ४० वर्षीय सार्कीलाई निर्घात कुटपिट गरेका थिए । कुटपीटबाट गम्भीर घाइते भएका सार्कीलाई उपचार नगराएर घरमै राखेको अवस्थामा उनको चैत ३ गते मृत्यु भएको थियो ।
कुटपीटबाटै सार्कीको निधन भएको आशंका गाउँलेले गरेपछि प्रहरीले घटनास्थलमा पुगेर छानविन शुरु गरेको थियो । घटना अनुसन्धानकै क्रममा रहेपनि आमाछोरा मिलेर हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले आमाछोरालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
‘मदिरा सेवनका कारण घरायसी विवाद आएको देखिन्छ, आमाछोराले कुटपिट गरेपछि लडेर चोट लागेको जस्तो बनाउन थालेका रहेछन्’, उनले भने, ‘३ गते मृत्यु भइसकेपछि छिमेकीले थाहा पाए, शरीरमा चोटपटक रहेछ, अनुसन्धानका क्रममा काठको आउलो प्रहार गरेको पाइएको छ, थप अध्ययन भइरहेको छ ।’
आमाछोरा मिलेर हत्या गरेको भन्दै मृतकका दाजु ६० वर्षीय जुठे सार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कर्तव्यज्यानसम्बन्धी मुद्दा दर्ता गराएपछि प्रहरीले मृतकका श्रीमती कुमारी र छोरा अनिल सार्कीलाई पक्राउ गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->