मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

जातीय विभेद उन्मूलन दिवशमा आठ अधिकृत सम्मानित

जातीय विभेद उन्मूलन दिवशमा आठ अधिकृत सम्मानित


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ८ २०७७, आइतबार

बागलुङ, ८ चैत– अन्तराष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मूलन दिवश बागलुङमा पनि मनाइएको छ । दिवशको अवसरमा संयुक्त राजनीतिक दलीत संघर्ष समिति बागलुङले बिभिन्न क्षेत्रमा अधिकृत स्तरमा पुगेर सेवा गरिरहेकालाई सम्मान समेत गरिएको छ ।
जातीय विभेद विरुद्धको अभियानमा संघर्ष गरिरहेका दलीत समुदायको उत्थान र संर्घषका काममा थप साथ दिन उनीहरुलाई आग्रह समेत गरिएको थियो । संघर्ष समितिले धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेष्डेन्ट डा. शैलेन्द्र बि पोखरेल, नेपाल बैंक लिमिटेडका प्रबन्धक अमृत सेवा परियार, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत सूर्यबहादुर बिकलाई सम्मान गरेको हो ।
त्यस्तै, जिल्ला समन्वय समितिका प्रशासकीय अधिकृत खिमबहादुर बिक, गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विक, जैमिनी नगरपालिकाका लेखा अधिकृत सूर्य बिक, डिभिजन सडक कार्यालयका इन्जिनियर सुरेन्द्र गौतम र धौलागिरी प्राविधिक शिक्षालय बलेवाका प्रमुख राजन नेपालीलाई सम्मान गरिएको समितिकी अध्यक्ष टिकाकुमारी बिश्वकर्माले बताइन् ।
कार्यक्रममा गण्डकी प्रदेशसभाकी सदस्य कोपिला बोहोराले दलीत हरुले जीवनभरनै संघर्ष गर्नुपरेको भन्दै पदमा पुगेर पनि अझै विभेदको सिकार बन्नुपर्ने बाध्यता बाँकी रहेको बताइन् । उनले संघर्षबाट आएका युवालाई सम्मान गर्न पाएकोमा खुसी लागेको बताइन् ।
कार्यक्रममा कांग्रेस जिल्ला कोषाध्यक्ष उमेश गौतम, नेकपा माओवादी केन्द्रका सेक्रेटरी ज्ञामनाथ गैरे, सम्मानितहरु डा. शैलेन्द्र बि पोखरेल, खिमबहादुर बिक, सूर्य बिक, धु्रब परियार, लक्ष्मण श्री, परर्शुराम बिक, बीरबहादुर किसान, सुमन बोहरा र धु्रब परियार लगायतले विभेदबिरुद्ध राजनीतिक नेतृत्व र राज्यका निकाय नै अगाडि बढ्नुपर्ने बताएका थिए ।
संघर्ष समितिकी अध्यक्ष टिकाकुमारी विश्वकर्माको अध्यक्षता, पत्रकार सज्जनकुमार सिंहको स्वागत र ताराबहादुर बिकको संचालनमा सम्पन्न कार्यक्रममा अधिवक्ता यामबहादुर चर्माकारले रंगभेदविरुद्धको अभियानबारे प्रस्तुतीकरण गरेका थिए ।
मार्च २१ लाई नेपालमा पनि विभेदविरुद्धको दिवशको रुपमा मनाउन थालेपनि अझै राज्यले यसको दायित्व भने नलिएको सहभागिले बताए । बागलुङ नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रम भएपनि राज्यकै निकाय अगाडि सरेर कार्यक्रम गर्ने अवसर नआएसम्म विभेद अन्त्य नहुने सहभागिको टिप्पणी थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->