बागलुङ, ८ चैत– बिद्यामन्दिर पुस्तकालय बागलुङको ७३ औ साधारणसभा सनिबार बिबिध कार्यबक्रमका साथ सम्पन्न भएको छ । सो अवसरमा पुस्तकालयलाई योगदान पुर्याउने बिभिन्न ३ जनालाई सम्मानसमेत गरिएको छ ।
पुस्तकालयका संस्थापकद्धय ओमप्रसाद गौचन र मेघकुमार बैद्यको बिशेष योगदानको सम्मान स्वरुप ओमप्रसाद बैद्य सम्मान प्रदान गरिएको थियो । सो सम्मानबाट पुस्तकालय स्थापनाका लागि बिशेष योगादान गर्ने बागलुङको मुलपानी घर भई हाल काठमाण्डौमा रहनुभएको डा. शास्त्रदत्त पन्तलाई सम्मान गरिएको थियो ।
त्यसैगरी पुस्तकालयका पुर्ब अध्यक्ष महेशचन्द्र प्रधानले आफ्ना स्वर्गिय पिता हरी प्रसाद प्रधान र माता मोहन कुमारी प्रधानको स्मृतिमा स्थापना गरेको हरिमोहन स्मृति कोष मरणोपरान्त स्वर्गिय देबेन्द्र अधिकारी र ज्ञानोदय बुद्ध बिहारका अध्यक्ष कृष्णलाल शाक्यलाई सम्मान गरिएको छ ।
सम्मानितद्धयलाई नगद ७ हजार ५ सय सहित सम्मान पत्र र दोशल्ला ओढाएर सम्मान गरिएको हो ।
साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशमा सांसद ईन्द्रलाल सापकोटाले बिद्यामन्दिर पुस्तकालय गण्डकी प्रदेशकै गहना भएकाले यसको संरक्षण र बिकास गर्नु सबैको दायित्व रहेको बताए ।
कार्यक्रममा पुस्तकालयका उपसंरक्षक पर्शुराम श्रेष्ठ, पुस्तकालयका पुर्बअध्यक्ष लालचन्द्र राजभण्डारी, सम्मानित ब्यक्तित्व डा. शास्त्रदत्त पन्त, कृष्णलाल शाक्य, सञ्जय अधिकारी, पुस्तकालयका मानार्थ सदस्य गणेश कुमार श्रेष्ठले बोलेका थिए ।
कार्यक्रममा मरणोपरान्त स्वर्गिय देबेन्द्र अधिकारीका छोरा सञ्जय अधिकारीले पुस्तकालयको समग्र बिकासको लागि भन्दै नगद २ लाख रुपयां सहयोगको घोषणा गरे । पुस्तकालयका सचिव रामचन्द्र शर्माले पुस्तकालयको बिकासको लागि स्वर्गिय मातापिताको नाममा २५ हजार पुस्तकालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पुस्तकालयका सचिव रामचन्द्र शर्माले प्रगति र कोषाध्यक्ष कोपिला कँडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरिन् । सो अवसरमा नियमित पाठक मुकुन्दप्रसाद शर्मा र अरुणकुमार शाक्यलाई साहित्यकार प्रेम छोटाले स्थापना गरेको कोषबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष राम थापाको स्वागत मन्तब्य र सचिव रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।





