मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पोखरा आएपनि बागलुङ नछाड्नुहोला: सभासद थापा

पोखरा आएपनि बागलुङ नछाड्नुहोला: सभासद थापा

तीन तहका सरकार बिच समन्वय हुन नसक्दा विकासको कामले गति लिन नसकेको आरोप


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०७७, आइतबार

पोखरा, ८ चैत – गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले कर्मथलो जहाँजहाँ भएपनि जन्मथलो नविर्सिन आग्रह गरेका छन् ।
बागलुङ प्राकृतिक रुपमा समेत निकै राम्रो रहेको बताउँदै उनले जन्मथलोको माटो नबेच्न आग्रह गरे । ‘बागलुङ रमणिय ठाउँ हो तपाईहरु कामका शिलशिलामा पोखरा आउनुभएको छ तर आफ्नो भुमि अलिकति भएपनि राख्नुहोला । बागलुङ नछाड्नु होला ।’
बागलुङ समाज पोखराको २० औ साधारणसभामा बोल्दै सभासद थापाले उक्त कुरा बताएका हुन । समाजले पोखरामा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहेपनि पोखरामा रहेका सवै बागलुङेलाई समेट्न नसकेकोले त्यसतर्फ पनि ध्यान दिन सुझाए ।
आफु सांसद् भएर बागलुङको विकास गर्ने योजनाहरु ल्याएपनि अझैँ पुरा हुन नसक्दा निकै दुख लागेको उनको चिन्ता थियो । उनले तीन तहका सरकार बिच समन्वय हुन नसक्दा विकासको कामले गति लिन नसकेको बताए । नेकपा विवादलाई सम्झिदैँ भने ‘खाने बेलामा अभागिलाई रिस उठ्छ भन्थे साचैँ रहेछ ।’ उनले दुई तिहाइको सरकार पाएर जनताको मन जित्ने मौका पाउँदा समेत आन्तरिक झगडाले सबै समाप्त पारेको बताए । ‘०७२ सालपछि देशको राजनितिमा ठुलो भुकम्प गयो, अब यसको पराकम्पनहरु भइरहनेछन् ।’ उनले जनप्रतिनिधि जनताप्रति उत्तरदायि नभएको गुनासो गरे । सत्ताको शक्तिमा प्रधानमन्त्री, मन्त्री र आफन्तलाई ठाउँमा पु¥याउने लोभले देश विग्रिएको आरोप लगाए ।
गण्डकी प्रदेशसभा सदस्य चन्द्र बुढा (सागर) ले बागलुङ समाज पोखरा योजना सहित नयाँ ढंगले लाग्नुपर्ने बताए । समाजले बागलुङेलाई मात्र भेला नगराई निजी क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा समेत निकै सोच्नुपर्ने बताए । अघिल्लो वर्ष पिडादायी तरिकाले विताउन परेको बताए । नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा गरेको कार्य निकै बिचित्र रहेकाले आफ्नो क्षेत्रका मानिसको स्वास्थ्य उपचारका लागि समाजले सोच्नुपर्ने उनको भनाइ थियो ।
समाजका निवर्तमान अध्यक्ष कुलचन्द्र शर्माले समाजको काम गर्व गर्न लायक भएको बताए । यस्तै पुर्व अध्यक्ष अमृतलाल श्रेष्ठले समाजले गर्व गर्न लायक काम गर्दै क्रियाशील देखाएपनि सबै बागलुङेलाई समेट्न नसकेको बताए । सभामा समाजका सचिव नरेश सुवेदीले सचिवको प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष ठाकुर प्रसाद सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रम समाजको अध्यक्ष सुनिल पाण्डेको सभापतित्वमा समपन्न भएको थियो । २० औँ साधारणसभाको अवसरमा समाजले वनभोजको समेत आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->