बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सेती नदीमा शव भेटियो

सेती नदीमा शव भेटियो


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०७७, आइतबार

तनहुँ, ८ चैत– तनहुँमा सेती नदीको किनारमा वेवारिशे शव भेटिएको छ । शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडामा आइतबार पुरुषको शव फेला परेको हो ।
अन्दाजी ४०÷५० बर्षीय पुरुष शव भेटेपनि पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक जगदीश रेग्मीले बताए । स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हप्ता दिन बढी पुरानो शव भएकाले अनुहार पनि पहिचान गर्न नसक्ने अजस्थामा रहेको रेग्मीले बताए । शव जिल्ला अस्पताल दमौलीमा राखिएको छ । पाँच फिट जति अग्लो मृतक व्यत्तिले गोजीमा एप्पल लेखेको टिसर्ट लगाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->