मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

रोट्रयाक्ट सप्ताहको तेस्रो दिन फस्टएड बक्स बितरण

रोट्रयाक्ट सप्ताहको तेस्रो दिन फस्टएड बक्स बितरण


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०७७, आइतबार
बागलुङ, ८ चैत– रोट्रयाक्ट क्लव अफ बागलुङले सप्ताहव्यापी कार्यक्रमअन्र्तगत आइतबार बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रहेको उपल्लाचौर आधारभुत बिद्यालयलाई प्राथमिक उपचारमा सहयोग पु¥याउने उद्देश्यले बक्स प्रदान गरेको छ ।
सामान्य दुर्घटना हुँदा पनि हुन सक्ने ठूलो क्षतीलाई कम गर्नका लागि बिभिन्न १७ प्रकारका औषधी राखिएको दुईवटा बक्स र माक्स समेत उपलब्ध गराइएको हो । बक्स बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल, क्लवका अध्यक्ष ताराप्रसाद शर्मा र कार्यक्रम संयोजक नितु खड्काले बिद्यालयका प्रधानाध्यापक शान्तिकुमारी पौडेल सापकोटालाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बिद्यालयमा बिद्यार्थीहरु खेल्दै र पढ्दै गर्दा अचानक हुनसक्ने स्वास्थ्यको समस्या र दुर्घटनाका कारण हुन हरेक प्रकारका समस्यालाई थोरै भएपनि कम गर्न प्राथमिक उपचारको बक्सले महत्वपूर्ण काम गर्ने बताए ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक शान्तिकुमारी पौडेल सापकोटाले बोलेका थिए । कार्यक्रम क्लवका अध्यक्ष ताराप्रसाद शर्माको अध्यक्षता, संयोजक नितु खड्काको स्वागत, मूल संयोजक सौरभ केसीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->