आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

जंकफुड र साइबर अपराधबारे प्रशिक्षण

जंकफुड र साइबर अपराधबारे प्रशिक्षण


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ९ २०७७, सोमबार

पोखरा, ९ चैत– धारापानी आमा समूह पोखरा ५ ले शनिबार जंकफुडरहित खाना तथा इन्टरनेटको दुरुपयोगका जोखिमबारे समूहका सदस्य र बालबालिकालाई प्रशिक्षण दिएको छ ।
गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माको आतिथ्यतामा वडाले सो कार्यक्रम सम्पन्न गरेको हो । उपसभामुख शर्माले जीवनलाई ऊर्जावान् बनाउन खानपानमा ध्यान दिनुपर्ने बताइन् । पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले प्रविधि र विज्ञानको प्रयोग अनिवार्य भएको उल्लेख गर्दै उनले आउन सक्ने विकृति रोक्न सामूहिक प्रयास जरुरी हुने बताए ।
पोखरा ५ वडा सदस्य अञ्जु केसीले बालबालिकाले के गरिरहेका छन् भनी अभिभावले चासो राख्नुपर्ने बताइन् । कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामकी प्रमुख प्रहरी नायब उपरीक्षक चिनीमाया तामाङले साइबर अपराधका प्रकृति र जोगिनु उपायबारे प्रकाश पारिन् । पूर्वप्राध्यापक महेन्द्रमान व्यथितले जंगफुडका अवगुण र स्वस्थ आहारबारे प्रकाश पारे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->