गत मार्च ७ मा अमेरिकी सिबिएसकी प्रस्तोता ओप्रा विन्फ्रीसँग राजकुमार दम्पती ह्यारी र मेगन जेपी मोर्गनको विशेष अन्तर्वार्ताले विश्वभर फेरि तरंग छाएको थियो । सन् २०१८ मा बेलायती राजकुमार ह्यारीको विवाह अमेरिकी अभिनेत्री मेगन मोर्गनसँग भएको थियो । सन् २०२० को सुरुवातमै दुबैले राजकीय जिम्मेवारीबाट हट्ने घोषणाले राजपरिवारमा हलचल पैदा भएको थियो । नभन्दै यो वर्षको सुरुवातमै उनीहरु राजतन्त्र त्यागेर अमेरिका बस्दै आएका छन् ।
गत हप्ता करिब २ घण्टा लामो अन्तर्वार्तामा उनीहरुले शाही परिवारसँगको सम्बन्ध तथा राजदरबारमै व्याप्त रंगभेदका विषयहरुलाई उक्काएका थिए । अहिले लाग्छ, सामाजिक सञ्चालमा सबैभन्दा चर्चाको विषय नै यही बनेको छ । विश्व ध्यान यसैको सेरोफेरोमा तानिएको छ । चौतर्फी तातेको छ माहोल । अनि उठेका छन् धेरै प्रश्नहरु बेलायती राजतन्त्रमाथि । यही अन्तर्वार्तामाथि रहेर न्यूयोर्क टाइम्समा सारा ल्याल र तारिरो जेजेओको लेखको अनुवादित अंश ।
ओप्रा विन्फ्रीसँग राजकुमार ह्यारी र उनकी पत्नी मेगनको अन्तर्वार्ताले धेरै दिनदेखि गिज्याइरहेको छ । अझ अन्तर्वार्ता प्रकाशित भएकै आइतबार साँझ यसै विषयमा केन्द्रित रहेर राजकुमारको जोडी र उनीहरुको बेलायत राजपरिवारसँगको सम्बन्धका बारेमा बाहिरिएका विभिन्न टिका टिप्पणीहरुले सारा विश्व अचम्मित परेको थियो ।
यसैसँग सम्बन्धित केही मुख्य विषयहरु ः
राजकीय जीवनले आत्महत्याको मुखमा पु¥याएको मेगनको अभिव्यक्तिः
वर्षाँैदेखि राजपरिवारमा वर्जित विषयका रुपमा रहेका मानसिक स्वास्थ्य, दुःख र अन्य विविध विषयमाथि ह्यारीले धेरै समयदेखि खुलेर छलफल गरिरहेका थिए । न्यूयोर्क टाइम्समा २०२० को एक आलेखमा मेगनले आफ्नो गर्वपतनको विषयमा बोलेकी थिइन् । यसबाहेक श्रोताहरुले उनको मानसिक स्वास्थ्य बारेमा बिरलै थाहा पाउँथे । न त उनले नै अभिव्यक्त गर्थिन् ।
गत आइतबार सिबिएसले प्रसारण गरेको अन्तर्वार्तामा सबैभन्दा आश्चर्य विषय त त्यो थियो, जब मेगनले बेलायत राजपरिवारसँग एक सदस्यको रुपमा रहँदा उनी आत्महत्याको मुखमा पुगेको बताएकी थिइन् । ‘मलाई यसबारे सुरुमा ह्यारीलाई बताउँदा लाज पनि लागेको थियो,’ आफ्नो आत्महत्याको सोचबारे उनले थपेकी थिइन्, ‘मलाई थाहा थियो, यदि मैले यस विषयमा उनलाई नबताए,मैले अब बाँच्नुपर्ने औचित्य देखेकी थिइन्ँ ।’
उनले यो पनि भनेकी थिइन् कि, एक समय त उनले राजदरबारकै एक उच्च व्यक्तिसँग यसबारे अस्पताल उपचारको सम्भाव्यताको बारेमा सोधेकी थिइन्, तर राजपरिवारलाई यसले राम्रो नहुने भन्दै यो सम्भव नहुने जवाफ पाएकी थिइन् । अन्तर्वार्ताले यो पनि बताउँछ कि ह्यारी र मेगन मानसिक स्वास्थ्यका विषयमा एकआपसमा निर्धक्क खुलेर कुरा गर्थे र यो सन्देश सारा विश्वलाई बताउन खोजिरहेका थिए ।
अन्ततोगत्वा मेगनले राजदरबारमा समय बिताउँदा ह्यारी नै उनको एकमात्र सहारा भएको प्रष्ट पार्छ, जुन विषय सञ्चार माध्यमहरुको लामो समयदेखिको चासोको विषय हुन्थ्यो । उनीहरु कठिन परिस्थितिमाझ गुज्रिरहँदा ह्यारीको परिवारबाट पर्याप्त साथ नपाएको अन्तर्वार्ताका प्रष्ट थाहा पाइन्छ ।
मेगन रंगभेदको शिकारमा परेको खुलासाः
अन्तर्वार्ताको सुरुवातबाट नै उनीहरुले यो बताइरहेका थिए कि मेगनको रंगभेदका विषयहरु पत्रिकाका हेडलाइनहरु बन्थे । राजपरिवारसँगको सम्बन्धमा उनको जातको विषय प्रश्नचिन्ह्का रुपमा खडा भइरहन्थे । उनीहरुका छोरा, आर्चीलाई राजपरिवारको उत्तराधिकारी नदिने निर्णयपछिको कारण यहीँ हुन सक्ने उनीहरुको ठम्याइ थियो ।
अन्तर्वार्ताको सबैभन्दा स्तब्ध पार्ने विषय त यो थियो कि मेगन गर्भवती भएको समय ह्यारीले यो खबर राजदरबारका सदस्यलाई सुनाएका थिए । प्रतिउत्तरमा जन्मिने छोराको छाला कतिसम्म कालो हुनसक्ने र राजपरिवारको उत्तराधिकारी दिन नमिल्नेसम्मका कुराहरु थिए । ह्यारीले अन्तर्वार्तामा बताएका थिए, ‘कसैले त छोरा कस्तोसम्म देखिने चिन्ताको विषयका रुपमा लिएका थिए ।’
बेलायतका बालबालिका मन्त्री भिकी फोडले यस्ता प्रतिक्रियाहरु वास्तवमै स्वीकार नहुने बताएकी थिइन् । ‘रंगभेदको लागि हाम्रो समाजमा कुनै पनि ठाउँ हुँदैन,’ स्काइ न्युजसँगको अन्तर्वार्तामा उनले बताएकी थिइन् ।
‘बुबाले मलाई दुःखी बनाउनुभयो,’ ह्यारी ।
ह्यारी र मेगनको विवाह उत्सवको सबैभन्दा स्मरणीय क्षण त्यो थियो, जब ह्यारीका बुबा चाल्र्स मेगनसँगै चर्चको गल्लीमा हिडिरहेका थिए र ह्यारीले बुबालाई धन्यवाद दिएका थिए । यस सुखद पलका कारण चाल्र्सले चौतर्फी प्रशंसा पाएका थिए किनकि मेगनकी बुबा आफैंले छोरीलाई चासो नदिएको समयमा ससुराले बुबाको कर्तव्य निभाइरहेका थिए ।
तर समय कसरी परिवर्तन भयो ?
ह्यारीका कुराहरु सुन्दा जोकोही अचम्मित पर्छन् । राजदरबारको उत्तराधिकारी नबन्ने विषयलाई स्वीकार गर्न उनले बुबा चाल्र्सलाई बारम्बर फोन गरिरहन्थे तर उनले फोन नै उठाउथेनन् न उनी यो नै स्वीकार गर्न चाहन्थे । ह्यारी भन्छन्, ‘अहिले बुबासँग फोनमा कुराकानी त हुन्छ तर धेरै विषयहरुमा अन्तिम निर्णय गर्न जरुरत छन् ।’
‘म यस विषयमा एकदमै स्तब्ध भएँ किनकि उहाँ पनि यस्तै परिस्थितिबाट पार भएर आउनु भएको थियो,’ ह्यारीले विगतलाई कोट्याउँदै भने, ‘विगतमा धेरैपटक मेरी आमा डाइना पनि सञ्चार माध्यमको घृणा र तिरस्कारकी पात्र बनेकी थिइन् र बुबाले पनि त्यस समय अहिले मैले भोगेजस्तै कठिन परिस्थिति भोग्नु परेको थियो ।’
अन्तर्वार्तामा ह्यारीका दाइ राजकुमार विलियमका बारेमा विरलै चर्चा भएको पाइन्छ । यसबारे प्रश्न गर्दा उनले बताएका थिए, ‘अहिले हाम्रो सम्बन्ध सामान्य नै छ ।’
धेरैपटक ह्यारी र मेगनले महारानी र राजपरिवारका अन्य सदस्यहरुबीचको भिन्नता प्रष्ट रुपमा बताएका थिए । राजपरिवार छाडिसकेपछि लन्डनमा रहँदासमेत उनीहरुको भेट महारानीसँग भइनै रहेको बताएका थिए । उनीहरुको वार्तामा महारानीप्रतिको सम्मान प्रष्ट झल्केको थियो । यता राजकुमार विलियम, उनका श्रीमती केट मिडलटोन र चाल्र्सका विषयमा कुराहरु उठ्दा भने उनीहरुको बोलीमा परिवर्तन भएको भान हुन्थ्यो ।
मेगन ः राजपरिवारले गलत विषयहरुलाई सुधार्न कञ्जुसाइँ ग¥यो ।
केटका विषयमा पनि धेरै विवादहरु उठेका थिए । राजपरिवारले यसलाई सुधार्नुको सट्टा यसलाई ढाकछोप गर्नतिर लागेका थिए । उनले बताएकी थिइन्,‘अन्य परिवारका विषयलाई ढाकछोप गर्न जति पनि लागिपर्ने राजपरिवार भने म र मेरो श्रीमानको सत्यको पक्षमा उभिन हिच्किचाएका देखिन्थे ।’
विगतको घटनालाई स्मरण गर्दै उनले बताएकी थिइन्, ‘केटकी छोरीको एक उत्सव कार्यक्रममा मैले उनलाई रुवाएको आरोप लागेको थियो तर रोएको कारण म नभएर उनकी आमा केट नै थिइन् ।’
पछि केटले माफी माग्दै उनलाई फूलका गुच्छासमेत पठाएकी थिइन् । जब यो विषय बाहिर आएको थियो, तब परिवारका अन्य सदस्यहरु यसलाई सच्याउनतिर कहिल्यै लागेका थिएनन् । त्यस घटनामा म दोषी नभएको र दोष केटकै भएको स्वीकार्न राजपरिवार सबैलाई गाह्रो परेको थियो । न आज नै उनीहरु यो स्वीर्काछन् ।
राजपरिवारले आर्थिक सहयोग रोक्यो ।
राजपरिवारका प्राय सबै सदस्यहरुले आफ्ना विशेष उत्सव र कार्यक्रमहरु सम्पन्नका लागि दरबारबाट आर्थिक सहयोग मिल्ने प्रावधान रहेको छ । तर, जब ह्यारीले मेगनलाई परिवारमा समावेश गर्ने विषय उठाएका थिए, तब परिवारमा ठूलै हलचल पैदा भइसकेको थियो ।
उनीहरुको उत्सवका लागि पर्याप्त आर्थिक सहयोग नरहेको हल्ला नचलेको हैन । ह्यारीले बताए, ‘हाम्रो विवाह हुनु अगावै भविष्यमा नराम्रो संकेत हुनसक्ने पहिले नै प्रष्ट भएको थियो ।’
मेगन र उनले राजपरिवारसँग उनीहरु र आफ्ना छोराको सुरक्षाका लागि आवश्यक सुरक्षा खर्च माग गरेका थिए तर हरेकपटक वेवास्था गरिरहेका थिए । अनि जब उनीहरु अमेरिका गए तब उनीहरुलाई राजपरिवारबाट सबै आर्थिक सहयोग रोकिएको थियो ।
‘मेरो परिवारले हामीलाई आर्थिक सहयोग गर्न पूर्ण रोक लगायो,’ ह्यारीले ओप्रालाई बताएका थिए, ‘२०२० को सुरुवात र मध्यसम्म रोक लगाएको थियो ।’ त्यसपछि भने आर्थिक सहयोग मिले नमिलेको उनीहरुले बताएनन् ।
अमेरिकामा बस्दाको क्षणलाई स्मरण गर्दै उनले बताएका थिए, ‘मैले जे पाएँ, त्यो मेरी आमाले दिएर जानुभएको हो । त्यो पनि नभएको भए अहिलेको हाम्रो अवस्था झन् कष्टकर बन्थ्यो ।’
अन्त्यमा उनले बताएका थिए, म राजसस्थको जालमा कैद भएको थिएँ । मेरो जीवनमा मेगन आइन्, निसङ्कोच म भन्छु, अनि मात्र उनले मलाई उद्धार गरिन् ।





