मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पानी आउने खवरले मनै फुरुङ्ग

पानी आउने खवरले मनै फुरुङ्ग


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०७७, सोमबार

बागलुङ, ९ चैत– ढोरापाटन नगरपालिका–२, ५, ७ र निसीखोला गाउँपालिका–२ का स्थानीयले ढुक्कले खानेपानी नपाएको वर्षौं भयो । दुई घण्टाको बाटोमा रहेका कुवा र पधेँराबाट पानी बोक्दा परिवारका लागि पानी पु¥याउन कठिन भएको अनुभव छ ढोरपाटन नगरपालिका–२ की गिता कुँवरको ।
पानीको मुहाननै नपाएका कारण यी वडाका बस्तिहरुमा पानी पु¥याउन नसकिएको हो । यहाँ पानी पु¥याउनका लागि कयौं पटक प्रयास भए । लिफ्टिङ प्रविधिदेखि आकासेपानी जम्मा गरेर जोहो गर्ने विधि अपनाउँदासमेत वर्षाको समयमा पुगेपनि हिउँदमा पानीको समस्या उस्तै हुने गरेको कुँवर बताउँछिन् ।
‘नेवा, रेडक्रस के के नाम गरेका संस्था आएर पानी ल्याउने भने तर हिउँमा गाग्री बोक्न टुटेको छैन्’ कुँवर भन्छिन् ‘अब त केही होला भन्ने आशा पलाउन थालेको छ ।’ यहाँ पानी पु¥याउनका लागि प्रयासहरु पञ्चायतकालमा पनि भएका थिए । ‘पञ्चायतकालबाटै खुत्रुङ खोलाबाट पानी ल्याउने भनेर चर्चा थियो’ स्थानीय शेरमान घर्ती पुरानो कुरा सम्झिन्छन् ‘दुरी निकै टाढा, बजेट नभएकाले कहिलै काम भएनन् ।’
खानेपानीका समस्या कहाँ छैन होला र ? कतै मुहानको समस्या त कतै बजेटको अभाव । सर्वसाधारणले खानेपानी नपाएका घटना धेरै छन् । अहिले स्थानीय सरकारको सक्रियताले काकाकुल गाउँमा पानीको समस्या हट्दै छ । पञ्चायतकालका शासकहरुले कल्पना गरेको तर सक्रियताको अभावमा सञ्चालन गर्न नसकेको आयोजना स्थानीय सरकारले सुरु गरेपछि अहिले भने यहाँका स्थानीयमा खानेपानी पाउने आशा पलाएको छ ।
पानीको समस्या रहेका झण्डै ४ सय ५० घरधुरीका लागि पानी पु¥याउन अहिले धमाधम काम भैरहेको छ । ढोरपाटन नगरपालिकाले गत आवमा बजेट बिनियोजन गरेपछि अहिले यी गाउँहरुमा २५ किलोमिटर टाढाबाट पानी ल्याईएको छ । ढोरपाटन नगरपालिका–९ को खुत्रुङ खोलाबाट ५० मिलिलिटरका दुईवटा पाईपबाट पानी आउने छ । एउटा पाईपबाट ढोरपाटन नगरपालिका–२ बयचौरमा रहेको १ लाख ५० हजार लिटरको ट्याङ्की र अर्को पाईपबाट ढोरपाटन–७ घम्पुमा बनेको १ लाख लिटरको ट्याङ्कीमा पानी खसेको नगरप्रमुख देवकुमार नेपाली बताउनुहुन्छ ।
‘हामी तिब्र इच्छाशक्ति राखेर काम गरिरहेका छौं, यो आर्थिक वर्षभित्रै सबैका घरमा पानी पुग्छ’ नगरप्रमुख नेपालीले भने । निरन्तर बग्ने खुत्रुङ खोलाबाको मुहानबाट आएकाले यो पानीले अबको ५० वर्ष खानेपानीको समस्या टार्ने ढोरपाटन वडा नं. २ का वडाअध्यक्ष युवराज महतले बताए । घैंटाको पानीले हिउँदमा नपुग्दा झण्डै दुई घण्टाको बाटो हिँडेर पानी ल्याउने स्थानीय गिता कुँवर धारा पाउने खबरले उत्साहित भएको बताउँछिन् ।
पानीको चरम समस्या रहेका गाउँहरुमा सामुदायीक धारा बनाउने योजनामा वडा कार्यालयको छ । नगरपालिकाले गत आवमा ९० लाख रुपैयाँ पाईप तथा ट्याङ्कीको लागि र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत पाईपलाईन बनाउने र पुर्ने काममा २७ लाख रुपैयाँ खर्च गरेको थियो । चालु वर्षमा दुबैतर्फ २५÷२५ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।
आयोजना सम्पन्न हुँदा हुने खर्चको आँकलन गरिएको छैनभने अहिलेसम्म दुई करोड रुपैयाँ खर्च भएको वडाअध्यक्ष महतले बताए । खुत्रुङ खोलाको पानी आउँदा सबै वडाका स्थानीयलाई घण्टौं हिँडेर पानी बोक्नुपर्ने समस्या समाधान हुने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->