मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सबै सतर्क रहनु : बागलुङ प्रशासन

सबै सतर्क रहनु : बागलुङ प्रशासन


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०७७, बुधबार

बागलुङ, ११ चैत– चैत महिना लागेसँगै कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले उच्च सर्तकता अपनाउन नागरिकलाई आग्रह गरेको छ । बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कारोना संक्रमणको त्रास बढेकोले सर्तकता अपनाउन आग्रह गर्ने णिर्यय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बुधबार १३ बुँदे सूचना प्रकाशित गर्दै भीडभाड नगर्न, सामाजिक दुरी कायम गर्न र फागु पूर्णिमामा भीड नगर्न आग्रह गरेका छन् । प्रशासनले पहिला बनाएको क्वारेन्टिन र आइसोलेशन तयारी अवस्थामा राख्न, स्वास्थ्य संस्थाले प्रभावकारी समन्वय गर्न, विद्युतीय माध्यमबाट कोरोना सचेतना अपनाउने सन्देश प्रकाशन गर्न, माक्स, स्यानिटाइजर तथा सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।
माक्स नलगाउनेलाई कार्वाही गर्ने, रात्रीकालिन सेवा सञ्चालनमा समय निर्धारण गर्ने, सिमा नाकाबाट आउनेलाई कडाइका साथ चेकजाँच गर्ने, स्वास्थ्य परिक्षण भए नभएको हेर्ने, भेला तथा जमघटमा अनिवार्य सामाजिक दुरी कायम गर्ने, सबै सार्वजनिक स्थल तथा कार्यालयहरुमा अनिवार्य हात धुने व्यवस्थापन गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->