बागलुङ, १२ चैत– गोरु काटेको आरोपमा जिल्लाको ढोरपाटन नगरपालिकाबाट पाँच जना पक्राउ परेका छन् । ढोरपाटन नगरपालिका–८ भित्तामा गोरु काटेर भागबिला लगाउँदै गरेको अवस्थामा प्रहरीले सोही ठाउँका पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका– ८ भित्ताटोलका ४९ वर्षिय मन बहादुर बिक, ४४ वर्षिय नन्दराम बिक, ३८ वर्षिया पुनी बिक, २६ वर्षिया मिना बिक र ढोरपाटन नगरपालिका–२ घर भई हाल वडा नं. ८ भित्ताटोल बस्ने ३६ वर्षिय हरि परियार रहेका छन् ।
सुराकीको आधारमा घटनास्थलमा पुगेको प्रहरी चौकी ढोरपाटनको टोलीले उनीहरुलाई गोरुको मासुसहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक इग्वाल हवारीले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याई अनुसन्धान थालिएको उनले बताए ।





