मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

रोट्रयाक्ट सप्ताहको समापनमा छात्रवृत्ति बितरण

रोट्रयाक्ट सप्ताहको समापनमा छात्रवृत्ति बितरण


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७७, बिहिबार

बागलुङ, १२ चैत– रोट्रयाक्ट क्लब अफ बागलुङको सप्ताहव्यापी कार्यक्रमको समापन तथा छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न भएको छ ।
बिहिकार आयोजित कार्यक्रममा ७ जना बालबालिकालाई छात्रवृत्ति बितरण गर्दै सप्ताह समापन गरिएको हो । समापन समारोहमा बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले सामाजिक सेवामा लाग्ने युवाहरुको अभियानबाट प्रभावित भएको भन्दै आगामी वर्षदेखि बागलुङ नगरपालिका पनि क्लबसँग सहकार्य गर्न चाहेको बताए । निश्चित बजेट बिनियोजन गरेर क्लबको कार्यक्रममा साथ दिने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा बिपन्न, दलीत तथा जेहेन्दार सात बालबालिकालाइ ५ हजार रुपैयाको दरले छात्रवृत्ति बितरण गरियो । क्लबका सदस्यहरुले देउसीभैलोबाट संकलन गरेको रकमबाट छात्रवृत्ति वितरण गरिएको अध्यक्ष ताराप्रसाद शर्माले बताए । उक्त अबसरमा सात दिन सम्मको कार्यक्रम सफल पार्न भूमिका खेलेका संयोजकहरुलाई सम्मान समेत गरिएको थियो ।
क्लबका अध्यक्ष ताराप्रसाद शर्माको अध्यक्षता, शिवबहादुर केसीको स्वागत र शारदा शर्माको संचालनमा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ बागलुङका अध्यक्ष दयाराम पौडेल, पूर्व अध्यक्ष दिपेन्द्र घिमिरे र लक्ष्मी जिसी कार्की, रोटरी क्लबकै रिजन प्रतिनिधि बीना कार्की, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, ट्राफिक प्रहरी प्रमुख शिवराज पाठक र रोट्रयाक्ट क्लब अफ कुश्मा पोखराकी अध्यक्ष अनिता सोती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->