मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

फ्युचरको ३२ औं बार्षिकोत्सव

फ्युचरको ३२ औं बार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०७७, शनिबार

बागलुङ, १४ चैत– फ्युचर ब्राईटर माध्यामिक विद्यालयले आफनो ३२ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालय स्तरका बिबिध कार्यक्रम सञ्चालन गर्दै विद्यालयले आफ्नो बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका नगर शिक्षा अधिकारी दण्डपाणी शर्माले बिद्यार्थीको चौतर्फि बिकासका लागी बिद्यालय र अभिभावकको भुमिका महत्वपूर्ण रहेको बताए । बालबालिकाले मोबाईल लगायतका उपकरणको प्रयोगले सानो उमेरका बालबालिकाको मनोभावनामा नकरात्मक असर गरेको उनको तर्क थियो । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हिसानका केन्द्रिय सदस्य याम प्रसाद शर्मा, प्याब्सनका केन्द्रिय सदस्य बिजयराज पन्त, एन ब्याप्सन बागलुङका जिल्ला अध्यक्ष नेत्रलाल न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बिद्यालयका शिक्षक खेमलाल लामिछाने स्वागत मन्तव्य, बिद्यालयका प्रधानाध्यापक बालकृष्ण शर्माको अध्यक्षता तथा बिद्यार्थी स्वईच्छा शाक्य र शिक्षिका सुनिता पुरीको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->