बागलुङ, १५ चैत– बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होलि मेलामा युवाहरुबिच भएको झडपमा केही हताहती भएको छ ।
दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्ण बहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानकोसमेत सीमाना बल्देधुरीमा होली मनाउन गएका युवाहरुबीच झडप हुँदा दुई जनाको मृत्यु र केही युवाहरु घाईते भएको हुनसक्ने खत्रीले आसंका गर्नुभयो । घटना स्थल मानव बस्ति भन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको बिबरण आउन समय लागेको हो । आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६ सय जना त्यहाँ उपस्थित भएका थिए । स्थानीयका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका– ७ र बडिगाड–१० का केही युवाहरु बेपत्ता भएका आंशका गरिएको छ । ती स्थानीयका भन्छन् ‘भैसी चरण गर्ने भीर हो, १० देखि १५ जना त्यहाँबाट पल्टिएको भन्न छ, अहिले पनि खोजी कार्य भइरहेको छ ।’ घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ । विस्तृत विवरण आउँन बाँकी छ ।





