आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

देशद्रोही चरित्र बोकेका दलहरुबाट के अपेक्षा गर्ने ?

देशद्रोही चरित्र बोकेका दलहरुबाट के अपेक्षा गर्ने ?


  • नारायण दवाडी
  • चैत्र १७ २०७७, मंगलबार

वि.सं. २०६२ मंसिर ७ गते भएको बाह्रबुँदे सम्झौताका तीन मुख्य एजेन्डाहरु हुन– धर्म निरपेक्षता, संघीयता र गणतन्त्र । यो सम्झौता इन्डियन सत्ताको रोहवरमा भएको थियो र यसमा तात्कालिन सात दल र माओवादीलाई ल्याप्चे हान्न लगाइएको थियो । त्यसैको जगमा ०६२÷६३ को आन्दोलन भयो तर यी एजेन्डाहरुलाई गुपचुप राखियो । ०६३ बैशाख ११ गते संसदको पुर्नस्थापना हुनुअघि भारतीय कांग्रेस आईका नेता करणसिँहको मध्यस्थतामा ज्ञानेन्द्र शाह र संसदवादीहरु बीच संवैधानिक राजतन्त्रमा सहमति भएको थियो । त्यतिन्जेल माओवादीहरु यस प्रक्रियामा सामेल त थिएनन् तर यसबारे इन्डियन सत्ताले उनीहरूलाई जानकारी गराएको भने थियो ।
संवैधानिक राजतन्त्रसहितको संसदीय व्यवस्थामा भएको सहमतिलाई इन्डियन सत्ताले उल्लंघन गर्दै माओवादी अगाडि सा¥यो । माओवादीलाई देखाउँदै दिल्लीले ब्ल्याकमेल गर्न शुरु गरेपछि यो सहमति भत्किने दिशामा अगाडि बढ्यो । दिल्लीले माओवादीलाई प्रयोग गर्दै ज्ञानेन्द्रसँग ‘बेबी किंग’मा बार्गेनिङ शुरु गर्न थाल्यो । सोही समयदेखि ०६५ जेठअघिसम्म बाबुराम र प्रचण्ड यिनै इन्डियन एजेन्डा बोकेर केशरजंग रायमाझीदेखि रमेशनाथ पाण्डेका घरदैलो गर्दै थिए । ‘घरदैलो कार्यक्रम’का दौरान यिनीहरु ज्ञानेन्द्र ‘बेबी किंग’मा सहमत भए आफूहरु पनि समझदारीमा आउने भन्ने इन्डियन दलाली सार्वजनिक भएकै कुरा हो । गिरिजा प्रसाद कोइरालाले पनि यहि कुरा उठाएकै हुन् ।
तर ज्ञानेन्द्र शाह ‘बेबी किंग’मा सहमत भएनन् । त्यसपछि इन्डियन सत्ताले ज्ञानेन्द्र शाहलाई असुरक्षाको कारण देखाउँदै ‘त्यसो हो भने, इन्डियामा शरण लेउ’ भनेर धम्क्याउने काम ग¥यो । इन्डियामा तत्काल शरण लिने र पछि परिस्थिति मिलाएर स्वदेश फर्कने वातावरण मिलाइदिने प्रस्तावलाई जब ज्ञानेन्द्रले मानेनन्, त्यसपछि उत्पन्न इन्डियन निर्णय हो – गणतन्त्र ।
दलहरुको दलाल चरित्र
दिल्लीले ‘संवैधानिक राजतन्त्र’मा सहि गराउँदा पनि ‘यस बोश’ भन्ने, ‘बेबी किंग’मा ल्याप्चे ठोक्न लगाउँदा पनि ‘ओके बोश’ गर्ने र ‘गणतन्त्र’ का लागि हात उठाउन लगाउँदा पनि हात उठाउने बुँख्याचाको भूमिकामा दलहरुको दलाल चरित्र छताछुल्ल छ । यस हिसाबले दलहरुले विदेशी शक्तिको आडमा सत्तामा जाने जुन दलाली चरित्र देखाएका छन, यो आधारले पनि यो व्यवस्था ढल्दैन भन्ने ग्यारेन्टी छैन । विदेशीहरुले भोलि अर्को व्यवस्थाका लागि हात उठाउन आदेश दिए भने यिनीहरूले सोही अनुसार नगरी सुखै छैन, किनकी यिनीहरुको मानसपिता तिनै विदेशी हुन् । यो चरित्र यिनीहरुको विगत र आगत भैसकेको छ । यस बाहिर यिनीहरुको अस्तित्व सम्भव छैन ।
विष्फोटक स्थिति
वि.सं. २०४६ पछिका अनेकौं जघन्य अपराधहरुको श्रृंखलाको कहालीलाग्दो खात छ नेपाली मानसपटलमा । दासढुँगा हत्याकाण्ड, नारायणहिटी दरबार हत्याकाण्ड, जमीम शाह र मिर्जा दिलसाद बेग हत्याकाण्ड, नारायण प्रसाद पोखरेल हत्याकाण्डदेखि पच्चिसौँ हजारको नरबलीको गुत्थी खोजिरहेका छन् नेपालीहरुले । लाउडा, धमिजा, चेज एअर, पजेरो, क्यान्टोनमेन्ट चेक घोटाला, बालुवाटार जग्गा, ललिता निवास जग्गा, चुडामणी काण्ड, एनसेल काण्ड, वायुसेवा निगम काण्ड, नक्कली बाख्रापालन काण्ड, अमेरिकी दुतावासको कि कन्ट्रयाक्ट पर्सन काण्ड, महाकाली सन्धि, एमसिसी काण्ड, ओम्नी र यति काण्ड, स्वीट्जरल्यान्ड बैंक काण्ड, मेलम्ची भ्रष्टाचार काण्ड, आलिशान महल काण्ड, करोडौं–अरबौका गाडी खरिद काण्ड, बजेटभन्दा व्यापार घाटा बढी भएको अवस्था, अर्बौको भ्रष्टाचार र बेरुजु, नीतिगत भ्रष्टाचार र एक नेपाली बराबर थाप्लोमा थोपरिएको ६० हजार वैदेशिक ऋणको हिसाबकिताब माग्दैछन् नेपालीहरुले आज ।
नेपथ्यमा खेलिएका व्यवस्था परिवर्तनका विदेशी खेलहरु र यिनीहरुको शासनकालमा भएका उल्लेखित र अन्य अपराधहरुको कडीलाई यथार्थ धरातलमा जोडेर यसको उत्तर मागिरहेका छन् आजका पिँढीले । जब हरेक नेपालीले यो बुझ्दै गएको छ कि यो व्यवस्था विदेशीले दलाल दलहरुलाई दानमा दिएको र यिनीहरुमार्फत नेपाली जनतामाथि थोपरिएको राज्य प्रणाली हो, नेपालीहरुले यिनीहरुलाई देशद्रोहीको अर्थमा बुझिसकेका छन् । दलाल दलहरुले आफ्ना आन्दोलनमा जे–जे सपनाहरु देखाएर नेपाली जनताका छोराछोरीलाई बरालेका थिए, त्यस अनुसार त देश आज ‘सिंगापुर’ र ‘स्वीट्जरल्यान्ड’लाई उछिनेर अगाडि बढिसक्नुपर्ने हो, तर त्यसको ठिक विपरीत देश त ‘स्वाजील्याण्ड’ र ‘रुवाण्डा’ पो बन्ने हो कि भन्ने संकेतहरु राजनीतिक क्षितिजमा देखिंदै गर्दा आज प्रत्येक नेपालीले यिनीहरुको देशद्रोही कुकृत्यविरुद्ध चौतर्फी आवाज उठाउन थालेका छन् । यस्तो विष्फोटक स्थितिमा पनि जब यी बुख्याँचाहरु रटान लगाउँछन कि ‘यो व्यवस्था हामीले लडेर ल्याएको हो’ तब आफ्नो देशमा रोजगारी नपाएर कौडीकै भाउमा भएपनि जहान परिवार पाल्न विदेशिएका करिब एक करोड युवाहरुको रगत उम्लेर आउने स्थिति तयार छ । यिनै दलालहरुका झोले र झाम्टेहरु र तथाकथित बौद्विक दलालहरु जब ‘हो मा हो’ गर्दै तीन हात उफ्रेर ‘जिन्दावाद र मुर्दावाद’ फलाक्छन, तब अरबका मरुभूमिमा खेदिएका नेपालीहरु आक्रोश र प्रतिशोधको आगो ओकल्छन् । झोलेहरुको पंगु दिमाग यस्तोसम्म बनेको छ कि कथमकदाचित तिनका नेताहरुले ‘म तिम्रो श्रीमतीसंग लिभिङ टुगेदरमा बस्छु, किनकी यो अग्रगामी र क्रान्तिकारी परिवारतन्त्र हो ।’ भनेमा पनि यस्ता झोलेहरु ‘हाम्रो नेता जिन्दावाद, अग्रगमन जिन्दावाद, सामन्ती परिवारतन्त्र मुर्दावाद’ भन्न बेर लगाउन्नन् ।
यस्तो खाले देशद्रोही चरित्र बोकेका दल र तिनका झोले झाम्टेहरुलाई एकदमै नजिकबाट नियालीरहेको छ नेपाली समाज र युवा जगतले । झोलेहरुको यति बिघ्न स्खलनलाई हेरेका विदेशिएका युवाहरु र आम नेपाली जनमानसको अत्यन्तै ठुलो हिस्सा एकसाथ विस्फोट हुने अवस्था जर्बजस्त विद्यमान छ, त्यसो भएमा अनर्थ त लाग्ने छैन, बरु देश र जनताले त्यो विष्फोटसंगै सबै अपराधीहरुलाई सदाका लागि अन्त्य गर्न सकेकोमा हर्षबढाइँ चाहिँ पक्कै गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->