बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्वास्थ्य मन्त्रालयले भन्यो–‘अस्पताल र ल्यावलाई तयार राख्नु’

स्वास्थ्य मन्त्रालयले भन्यो–‘अस्पताल र ल्यावलाई तयार राख्नु’


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७७, बुधबार

काठमाण्डौ, १८ चैत– सरकारले कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपचारका लागि तयारी अवस्थामा राख्न अस्पतालहरुलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम ९आईसीएस० को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्ने निर्णय गरेको छ । त्यसका लागि ती अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ ।
त्यस्तै कोरोना संक्रमण परीक्षण गर्ने निजी र सरकारी गरी सबै ८४ प्रयोगशाला ९ल्याब०लाई पनि तयारी अवस्थामा राख्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयले सरकारी प्रयोगशालालाई थप जनशक्ति आवश्यक पर्ने भएमा रकम माग गर्न पनि आग्रह गरेको छ । सरकारी अस्पतालमा २००० वटा एचडीयू बेड स्थापना गर्ने निर्णयसमेत गरेको छ । २०० भन्दा बढी शय्या भएको अस्पतालमा अक्सिजन रिफिलिङ ट्यांक स्थापना गर्न सहयोग गर्ने पनि प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->