नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका ‘दुई पार्टी अलग–अलग हुन्’ भन्ने सर्वोच्च अदालतको फागुन २३ गते फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अहिले ‘रिल्याक्स मुड’मा छ । करिव २ वर्ष ९ महिना अर्थात् नेकपा एमाले र माओवादी केन्द्र एक भएको केही महिनापछि किचलोको सुरुवात भएको थियो । अहिले दुई पार्टी अलग भएपछि सरकारलाई हाइसञ्चो भएको छ । एमाले र माओवादी केन्द्र छुट्टिनु अगावै एउटै पार्टीभित्र बसेर नेपाल खनाल दाहाल गुट मिलेर सरकारलाई सधैँ तर्साइरहने गरेका थिए । यो समूहले सरकारको दुई वर्षभन्दा बढी समय बार्गेङिङ गरेरै बितायो । दुईतिहाई जनमत प्राप्त सरकारको नेतृत्व गर्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली, विकास र समृद्धिका लागि सक्रिय भएर काम गर्न खोज्नुभएको थियो । तर, यो गुटले शक्तिशाली पार्टीको नेता तथा प्रधानमन्त्रीलाई आशातित काम गर्न नदिएर सधैँ बन्धक बनाउन खोज्यो । परिणामस्वरुप दुई वर्ष नौ महिनासम्म प्रधानमन्त्री ओलीले पार्टीभित्र र बाहिर पनि तनाव मात्रै झेल्नु प¥यो । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपश्चात दाहाल नेपाल र खनाल मुख मिठ्याउँदै नयाँ सरकार बनाउन चितवनको कार्यक्रम नै छोडेर आएका थिए । पुनःस्थापना भएको एक महिनाभन्दा बढी भइसक्यो । तर, आफ्नै नेतृत्वमा सरकार बनाउन त कता हो कता किस्तीमा प्रधानमन्त्री लगेर प्रस्ताव गर्दा पनि कोही तयार हुन सकेका छैनन् । सायद २३ गतेको फैसलाले ऋषि कट्टेलललाई अन्याय गरेको भए उनीहरुले प्रधानमन्त्री ओलीलाई मात्रै एक्लै पार्टीबाट निकाल्ने र आफूले कब्जा गर्ने षड्यन्त्र बुनेका थिए । त्यो अनिष्ट हुन पाएन र परिस्थितिले अहिले कोल्टो फेरेको छ । जसले षड्यन्त्रको ग¥यो,उनीहरु नै फस्दै छन् । अब तनाव प्रधानमन्त्रीले लिने होइन कि नेपाल खनाल गुटलाई दिनुपर्ने भएको छ ।
२०७७ पुस ५ देखि फागुन २३ गतेको बीचमा जे भयो भयो ।त्यसपछिका दिनमा पूर्वमहासचिवसमेत रहेका माधव कुमार नेपाल र निर्वतमान वरिष्ठ नेता झलनाथ खनाल एमाले पार्टीविरुद्ध नलागेका भए सायद माफी पनि पाउने थिए होलान् । तर, एमाले र माओवादी केन्द्र छुट्टिइसकेपछि पनि पार्टी टुक्र्याउने कार्यमा लाग्नुभयो । माधव नेपाल झलनाथ खनाल,भीम रावल लगायतले कार्यकर्ताबीचमा भ्रम छर्ने र समानान्तर पार्टी र संगठन चलाउनेजस्ता अपराध गर्नुभयो । यो गतिविधि कोही नेता कार्यकर्ताका लागि पनि क्षम्य हँुदैन । सायद, नबुझेको सामान्य नेता कार्यकर्ता भए एकपटक माफी हुनसक्थ्यो होला । तर, १५वर्ष महासचिव चलाएक प्रधानमन्त्री भइसकेका, जानेका–बुझेका जिम्मेवार व्यक्तिबाट अपराध भयो ।उहाँ आफैले सोच्नुपर्ने कुरा हो, यस्ता गतिविधिले पार्टी भित्र अनुशासनहीनता मौलाउँदै जान्छ । बहुमतको आडमा गुट चलाएर वर्षौँदेखि प्रतिशोध साँध्दै आउनुभएका माधवकुमार नेपाल र झनाथ खनाललगायतका नेताहरु अहिले घरको न घाटको बन्नु भएको छ । नेता नेपाल भीम रावललगायतकालाई एमालेले अहिले कारवाही गरेको छ । पार्टी महासचिव ईश्वर पोखरेलले उहाहरुसँग स्पस्टीकरण माग्नु भएको थियो । तर, उल्टै पार्टी अध्यक्षलाई आरोप लगाएर स्पष्टिकरण सोध्ने दुष्साहस गर्नुभयो । दुनियाले उहाँहरुले गरेका गतिविधि ठीक हो बेठीक के हो भनेर नियालिरहेका छन् । यस्तो बेला पार्टीमा माफी मागेर बसेको भए पनि भविष्यमा उहाँहरुले नेतृत्व गर्ने अवसर पाउनुहुने थियो होला । गुट चलाएर पार्टी फुटाउनेसम्मको अपराध गरेर पनि माफी नमाग्ने कस्तो शैली हो,उहाहरुको । अझै पनि केहि बिग्रिएको छैन । पार्टीमा माफी मागेर आउन सक्नुहुन्छ । सबैले स्वागत पनि गर्छन होला । तर, उहाँहरु मेरा पछाडी पनि थुप्रै कार्यकर्ता छन्, म पनि लोकप्रिय नेता हुँ भन्ने ठानेर पार्टी फुटाउनतिर लाग्नुभयो भने तपाईंंहरु सकिनुहुन्छ । तपार्इंहरुका पछाडी अब कोही कार्यकर्ता लाग्नेवाला छैन । दुईचार जना नेता जाँदैमा एमालेमा नेतृत्वको खडेरी पर्दैन बरु नयाँ अनुहारले मौका पाउनेछन् । संधैभर निहुँ खोजेर पार्टी भाड्ने नेतालाई कारवार्ही गर्ने यो उपयुक्त अवसर पनि हो । ‘दुःख पाइस् मंगले आफ्नै ढंगले’ भनेझैँ अहिले यी नेताहरुको अवस्था ठ्याक्कै यस्तै भएको छ । आफूभित्रको दम्भले गर्दा पार्टी विमुख बन्नुपर्ने अवस्था आएको छ । यसबीचमा आम कार्यकर्ताले नेपाल–खनाललाई चिनिसकेका छन् । अनावश्यक महत्वाकांक्षाले गर्दा उहाँहरुको राजनीतिक जीवन करिब सकिनै लागेको छ ।यो प्रवृत्तिका नेताहरुलाई अब मतदाताले तिरस्कार गर्नेछन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, माधव नेपाललगायतका नेताहरु मिलेर केपी ओलीलाई प्रधानमन्त्रीबाट फाल्न चाहिरहेका छन् । तर, सरकारविरुद्ध अविश्वासको प्रस्तावसमेत ल्याउन सकेका छैनन् । एकातिर प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन खोजेका छन् भने अर्कोतर्फ सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा पनि गएका छन् । जुन पार्टीसँग एक हुनका लागि फैसला पुरावलोकनको निवेदन दर्ता गरिएको छ । त्यही पार्टीका नेताविरुद्ध षड्यन्त्र गर्ने ? के यो नैतिक र कानूनी दुबै दृष्टिबाट सुहाउने कुरा होइन । अदालत र कानूनले मिलाउँदैमा दुई पार्टी मिल्ने होइन, सिद्धान्त व्यवहार सबै मिल्नुपर्छ । उनीहरु स्वयंले राजनैतिक प्रेरित भएर फैसला ग¥यो भनेका छन् । अब यदि उनीहरुको पक्षमा भयो भनेपनि राजनैतिक प्रेरित हुँदैन र ? यो समूहलाई अहिले पक्कै पछुतो भएको हुनुपर्छ । अहिले माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई उपेन्द्र यादवलगायतका नेताको गठजोडले प्रधानमन्त्रीलाई चाहेर पनि फाल्न सकिरहेका छैनन् । प्रधानमन्त्री दुई वर्षसम्म रहेपनि देश र जनताका लागि केही गरेर देखाउने अवसर मिलेको मान्नुपर्छ । यदि हटाएछन् भनेपनि प्रतिपक्षमा बसेर प्रभावकारी भूमिका खेल्न सकिन्छ । पछि चुनावमा जाँदा एमाले आफ्नै छ, सूर्य आफ्नै छ । चुच्चे नक्सा, भूकम्पले क्षति पु¥याउनका संरचनाहरु धरहरा रानीपोखरी दरवार, हाइस्कूल सिंहदरवार र जनताका घरलगायत पुनःनिर्माण ओली सराकारले नै गरेको हो । स्वास्थ्यसम्बन्धी पूर्वाधार,सबै नागरिकलाई कोरोना खोप, पालिकास्तरीय हस्पिटलको शिलान्यास सडक,पूल, सुरुङमार्ग, तुइन विस्थापनलगायत भौतिक पूर्वाधार, काठाडांैमा मेलम्ची, देशैभर आधुनिक हवाई मैदान, पेट्रोलियम पाइपलाइन प्रसस्तै एजेण्डा छन् । जस्तो परिस्थीति आएपनि ओली सरकार अहिले तनावमुक्त छ ।





