बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

इन्फोम्याक्समा परिचयात्मक कार्यक्रम

इन्फोम्याक्समा परिचयात्मक कार्यक्रम


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २० २०७७, शुक्रबार

पोखरा, २० चैत्र– इन्फोम्याम्स कलेज अफ आइटी एन्ड म्यानेजमेन्टमा बिएस्सी आइटीका नवआगन्तुक विद्यार्थीको ‘इन्ट्रडक्सन’ कार्यक्रम भएको छ ।
आइटी अध्ययनका लागि प्रक्रिया पूरा गरी भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई आगामी ३ वर्षको ६ सेमेस्टरसम्म प्रेरित गर्ने उद्धेश्यले इन्ट्रडक्सन प्रोग्राम राखिएको कजेलका प्रिन्सिपल सुशिल अधिकारीले जानकारी दिए । अधिकारीले पाठ्क्रम र प्रयोगात्मक कार्यका बारे स्पष्ट पार्दै पढाइ अवधिभर र पढाइ पूरा गरिसकेपछि कहाँ कसरी काम गर्न सकिन्छ भन्ने विषयमा मार्गनिर्देश गरे । अधिकारीले ‘सूचना प्रविधिको पढाइमा स्कोरभन्दा कार्यमूलक सीपको महत्व हुने हुँदा जागिर खानुभन्दा जागिर दिने उद्यमशील बन्नुपर्छ’ भने ।
कलेजका डाइरेक्टर विकास पहारीले कलेजको नीति, मूल्य, मान्यता र अनुशासनका बारेमा प्रकाश पारेका थिए । पहारीले ‘सूचना तथा प्रविधि विषय घोकेर होइन अध्ययन र अभ्यास गरेर जान्ने हो । पढाइ पूरा गरेका विद्यार्थी अहिलेसम्म शतप्रतिशत रोजगार भएकोले अवसरको खाँचो छैन,’ उनले भने । इन्फोम्याक्सबाट अध्ययन पूरा गरेका १ हजार २ सय विद्यार्थी स्वदेश तथा विदेशका श्रमबजारमा काम गरिरहेका छन् ।
विज्ञान र व्यवस्थापन सङ्कायबाट १२ कक्षा उर्तीण ३६ जना विद्यार्थीे विहानी सत्रमा भर्ना भएका छन् भने दिवा सत्रमा ३५ विद्यार्थी छन् । इन्फोम्याक्स कजेल अफ आइटी एन्ड म्यानेजमेन्टले एसिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इन्नोभेसनको सम्बन्धन प्राप्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यक्रम अनुमोदन गरेको इन्फोम्याक्स सन् २००५ मा स्थापित पोखराको पहिलो आइटी कलेज हो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सोच कलेज अफ आइटीतर्फ बिहानी सत्रका बिएस्सी सिएसआइटीका नवआगन्तुक विद्यार्थीहरूको इन्डक्सन कार्यक्रम मंगलबार सम्पन्न भइसकेको कलेजले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->