बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बैंकिङ कसुरमा फरार थापा पक्राउ

बैंकिङ कसुरमा फरार थापा पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७७, मंगलबार

तनहुँ, २४ चैत– तनहुँ प्रहरीले बैंकिङ कसुुरमा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ । विगत नौ महिनादेखी फरार रहेकी भानु नगरपालिका–१२ मिर्लुङकी २७ बर्षीया आशा थापा अधिकारीलाई प्रहरीले पक्रिएको हो । उनलाई काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ गरिएको तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले बताए । थापालाई उच्च अदालत पाटनको फैसलाले गएको असारमा दुई दिन कैद र ६ लाख रुपैयाँ जरिवाना तोकेको थियो । तर, उनी कैद र जरिवाना भुक्तान नगरी फरार थिईन् । उनलाई कैद र जरिवाना भुक्तानका लागी तनहुँ अदालतमा उपस्थित गराएको तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->