पोखरा, २ वैशाख- तमु समाज बेल्जियमले कोभिड १९ कोरोना महामारीबाट बाबुआमा गुमाएका पोखराका ३ विद्यार्थीलाई कोरोना शैक्षिक राहत वितरण गरेको छ। तमु समाज बेल्जियमले तमु धिं नेपालमार्फत सो राहत वितरण गरेको हो ।
पोखरा २९ का बुबा लक्ष्मण गुरुङ गुमाएका सुमित गुरुङ, तनहुँकी आमा सरिता गुरुङ गुमाएकी इच्छा गुरुङ र पोखरा भण्डारढिकका अभिभावक गुमाएकी स्मृति गुरुङलाई शैक्षिक राहत स्वरुप जनही ५०÷५० हजार रुपैया वितरण गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरङले जानकारी दिए ।





