आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

गण्डकीमा अविश्वासको प्रस्तावसँगै विशेष अधिवेशन माग

गण्डकीमा अविश्वासको प्रस्तावसँगै विशेष अधिवेशन माग


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २ २०७८, बिहिबार

पोखरा, २ वैशाख– मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै गण्डकीका विपक्षीहरुले विशेष अधिवेशनको माग गरेका छन् । उनीहरुले प्रदेश सभाको सातौं अधिवेशन बुधबार मध्यरातदेखि अन्त्य भएको घोषणा भएलगत्तै बिहीबार प्रदेश प्रमुख अमिक सेरचनसमक्ष विशेष अधिवेशनको माग गरेका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संविधानको धारा १८३ को उपधारा ३ वमोजिम विशेष अधिवेशन माग गरेका हुन् । संविधानको सो उपधारमा ‘प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ । त्यसरी तोकिएको मिति र समयमा प्रदेश सभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ ।’भन्ने प्रावधान राखिएको छ । तीन दलले प्रदेश सभाको हिउँदे अधिवेशन हठात अत्य भएकाले यसअघि दर्ता गराइएको अविश्वास प्रस्तावउपर छलफल हुन नसक्ने भएकाले विशेष अधिवेशन माग गरिएको जनाइएको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले यसअघि पनि गण्डकीमा विशेष अधिवेशन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->