पोखरा, ४ वैशाख– निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर ३ ‘क’मा २५ वटा विकासे योजनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् ।
प्रदेश सभासद रामजीप्रसाद बराल र प्रदेश सांसद डा.पुष्पा केसी भण्डारीले अधिकांश योजना सम्पन्न भएको र केही सकिने अवस्थामा रहेको जिकिर गरेका छन् ।
सभासद बरालका अनुसार पोखरा महानगर क्षेत्रमा परेका अधिकांश योजना सम्पन्न भएका छन भने कास्कीको माछापुच्छ«े गाउँपालिकाका १ देखि ९ वटै वडाहरुमा परेका परियोजनाहरु सम्पन्न हुने अन्तिम चरणमा पुगेका छन् । उनले कृषि, पर्यटनसहितका क्षेत्रमा समेटिने गरी २ करोड रुपैयाँका २५ वटा योजना संचालनमा रहेको जानकारी दिए । पोखरा महानगरको १,२, ३, १८,१९ र २५ वटा वडा र कास्कीको माछापुच्छ«े गाउँपालिकाका १ देखि ९ वटै वडाहरु सो निर्वाचन क्षेत्रमा पर्छन् ।





