बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेरोजगारलाइ सीप मुलक तालिम

बेरोजगारलाइ सीप मुलक तालिम


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ४ २०७८, शनिबार

तनहुँ, ४ बैशाख– शुक्लागण्डकी ८, ढोरफिर्दीले बेरोजगार युवा युवती र गृिहणी महिलालाई सीपमूलक तालिम दिन थालेको छ । वडाले सिलाइ–कटाइ र च्याउखेती तालिममा जोड दिएको छ ।
तनहुँ प्राविधिक शिक्षालय भिमादसँगको सहकार्यमा वडा कार्यलयले २०÷२० जनालाइ सिलाइ–कटाइ र च्याउखेती सम्बन्धी पहिलो तहको तालिम दिइएको हो । ६५ दिने (३९० घण्टे) तालिम लिएकालाई प्रमाणपत्रसमेत वितरण गरिएको छ ।
च्याउखेती तालिम लिएकी सिर्जना वाग्लेले थोरै लगानीमा उत्पादनसँग जोडिएर आत्मानिर्भर बन्न सिकाएको बताइन् । तनहुँ प्राविधिक शिक्षालयका प्रमुख परशुराम खनालले जीवनोपयोगी सीपले महिलाहरुमा आत्मविश्वास बढेको बताए ।
हालसम्म वडा कार्यालयले ६ सय ४० जनालाई सीपमूलक तालिम दिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । वडाले विभिन्न संघ संस्थासंग सहकार्य गर्दै सिलाई–कटाई, च्याउखेती, मोबाइल रिपियररिङ, ब्युटिसियन, हाउस वायरिङलगायतको तालिम दिने गरेको छ । तालिम लिएका ४० प्रतिशत आत्मनिर्भर बनेको वडाध्यक्ष रेग्मीले जनाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->