पोखरा, ६ वैशाख– गण्डकी प्रदेश प्रमुखले आगामि वैशाख १३ गतेलाई गण्डकी प्रदेशसभाको बिषेश अधिवेशन डाकेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका तीन दलका सांसदहरुले संयुक्तरुपमा प्रदेशसभाको बिषेश अधिबेशन माग गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले अधिबेशन बोलाएका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित ३ दलले २ वैशाखमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अघिल्लो रातै प्रदेश सरकारले चालु प्रदेश अधिवेशन अन्त्य गरेको थियो । अविश्वास प्रस्ताव दर्ता गराएका दलले सोही कारण विशेष अधिवेशन माग्दै प्रदेश प्रमुखलाई समावेदन दिएका थिए ।
प्रदेश प्रमुखले १३ गते दिउँसो १ बजेलाई प्रदेश अधिवेशन डाकेको चिठी सोमबार अपराह्न ४ ः ५५ बजे प्राप्त भएको गण्डकी प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।
माओवादी केन्द्रले २ वैशाखमै सरकारको समर्थन फिर्ता लिएको थियो । अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गर्दा कांग्रेसका १५, माओवादीका ११ र जसपाका २ सांसद सहभागी छन् । राष्ट्रिय जनमोर्चाका सांसदको भने हस्ताक्षर छैन ।





