शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा एकैदिन ६६ जनामा कोरोना, एकको मृत्यु

गण्डकीमा एकैदिन ६६ जनामा कोरोना, एकको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ७ २०७८, मंगलबार

पोखरा, ७ वैशाख– गण्डकी प्रदेशमा सोमबार एकैदिन ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये सबैभन्दा धेरै पोखराका ४८ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखराको लाइफ केयर डाइग्नोस्टिक प्रालि, क्षयरोग उपचार केन्द्र र मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् । सोमबार कोरोना पुष्टि हुनेमा कास्कीसहित तनहुँका ६ जना, पर्वत र स्याङजामा ४÷४ जना, म्याग्दी र नवलपुरका २ जना, गोरखा, बागलुङ र लमजुङका १÷१ जना रहेको निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।
सोमबार थपिएका नयाँ संक्रमितसँगै प्रदेशमा संक्रमितको संख्या १७ हजार २ सय ३१ पुगेको छ । निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार आइतबार साँझसम्म ४ जना कोभिड विरामी आइसियूमा र भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
कास्कीमा कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । चैत ३१ गते कोरोना पुष्टि भएका पोखरा २६ का ६५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको डा शर्माले जानकारी दिएका छन् ।
ती संक्रमितको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८ पुगेको छ । कास्कीमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या १ सय १६ पुगेको छ । गण्डकीका ५ सय ५२ जना सक्रिय कोरोना केशमध्ये पोखराकामात्रै ४ सय २९ जना छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->