आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पार्टी विरोधी गतिविधि गर्नेलाई कारवाही

पार्टी विरोधी गतिविधि गर्नेलाई कारवाही


  • दुर्गा भण्डारी
  • बैशाख ९ २०७८, बिहिबार

संसारबाटै कम्युनिष्टहरु लोप हुने अवस्थामा पुगेका बेला नेपालमा भने कम्युनिष्ट पार्टीको लोभलाग्दो दुई तिहाइको सरकार थियो । त्यो सरकार राम्ररी ३ वर्ष पनि चल्न सकिरहेको छैन । सरकार निमार्ण भएदेखि नै सरकारको विरुद्धमा पार्टी भित्रैबाट षड्यन्त्रको खेल सुरु भयो । दिनदिनै सरकारविरुद्ध तरवार उठाइन्थ्यो, आफ्नै पार्टीबाट । सरकारले केही विकास गर्न खोज्यो अवरोध मात्रै, सरकारले गरेका राम्रा कामको पनि उल्टो प्रचार आफ्नै पार्टीका शीर्ष नेताबाटै । बहुमतको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजियो । आफ्नै पार्टीका केही नेताहरुबाट प्रधानमन्त्री हटाउने षडयन्त्र भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट संसद विघटन गरी मध्यावधि चुनावको निर्णय भयो । सर्वोच्च अदालतबाट संसद पुनःस्थापना भयो । संगै नेकपाको पार्टी नामको बिवाद पनि सर्वोच्चमा थियो । अदालतले पार्टीको नाम दर्ताको विवादको मुद्दामा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदियो । व्यवहारिक रुपमा धेरै समय अगाडी नै अलग भएका यी पार्टीहरु कानुनी रुपमा भने २०७७ फागनु २३ गते मात्रै अलग हुन पुगे । दुई पार्टी अलग त भए तर माओवादी केन्द्रका केही नेताहरु एमालेमै रहे । यता एमालेका नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतका केही नेताहरु एमालेतिर भएपनि मन भने माओवादी केन्द्रतिर नै छ । नेता नेपालको मन पुष्पकमल दाहाल प्रचण्डतिर भएपछि उहाँ अहिलो एमालेमा बसेर एमाले सिध्याउने खेलको अभ्यास गर्दै हुनुहुन्छ । पार्टीभित्र मिलेर बस्न पनि नसक्ने र प्रष्ट रुपमा छोडन् पनि नसक्ने, पार्टी भित्रै बसेर अवाञ्छित गतिविधि गरेका छन् । उनीहरुले अहिले पार्टी अध्यक्षको विरुद्ध मात्रै होइन, पार्टीविरुद्ध नै गतिविधि गर्दै हिँडेका छन् । १५ वर्षसम्म निरन्तर एमालेका महाचिव भइसकेका नेता नेपाल फेरि पनि आफू पार्टी अध्यक्ष हुन नपाए पार्टी नै सिध्याउन व्यवस्थित रुपमा लाग्नुभएको छ । पार्टी फुटाउन तल्लो तहमा समेत समानान्तर कमिटी गठन गरेर नयाँ पार्टी निर्माणको पूर्वभ्यासमा लाग्नुभएको छ ।
नेता माधव नेपालको निर्देशनमा कर्णाली प्रदेश सभामा सभासदले फ्लोर क्रस गरे । माओवादी नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पनि आफ्नै समूहका र फ्लोर क्रस गरेर मतदान गर्ने पनि उहाँकै समूहका । एउटै पार्टीमा बसेर अराजकता मच्चाउने काम नेता नेपालले गर्नुभएको छ । पार्टीभित्र मत मतान्तर हुनु कुनै नौलो विषय थिएन । कुनै विषयमा र्कनरमा पुग्नु फेरि उदय हुनु सामान्य नै थियो । विगतमा माधव नेपाल महासचिव हुँदा उहाँले पनि फरक मत राख्नेहरुलाई भित्तामा पु¥याउने काम गर्नुभएको नै हो । तर, अहिले उहाँले कुनै विचार सिद्धान्त विधि र पद्धतिभन्दा पनि आफ्नो नीजि स्वार्थका लागि, पदको लागि पार्टी फुटाउने गतिविधि उत्कर्षमा पु¥याउनु भएको छ । माधव नेपालको पछाडी लागेर जाने दोस्रो पुस्ताका नेताहरुको पनि भविष्यमा मतदाताले राम्ररी मूल्याङ्कन गर्ने नै छन् । कर्णाली प्रदेशमा पार्टी विरोधी जुन हर्कत भयो त्यो हर्कत केन्द्रमा पनि नहोला भन्न सकिँदैन । यस्तो अविश्वासको स्थिति केन्द्रमा पनि संसद्भित्र आफूविरुद्धको गठबन्धनलाई सघाउन एमालेबाट ‘फ्लोर क्रस’ हुने संकेत पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल, झलाथ खनाल र खनाल–नेपाल समूहका २७ सांसदमाथि कारबाही प्रक्रिया सुरु गर्नुभएको छ । एउटै पार्टीमा बसेर अन्तरघात गर्ने । कर्णाली प्रदेशमा एमालेको बहुमत पुग्ने अवस्था हुँदाहुँदै पनि अन्तरघात गरियो । एउटै पार्टीमा बसेर अर्को पार्टीलाई फाइदा पुग्ने काम नेता नेपालले गर्नुभएको छ । नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको इखले वर्षांै देखि आफैले निर्माण गरेको पार्टी ध्वस्त बनाउने खेल खेलेर उहाँ नेतृत्व गर्न लायक होइन भन्ने कुरा पुष्टि गर्नुभएको छ । एमालेका कार्यकर्ता शुभचिन्तक उहाँका दास पनि होइनन् । उहाँले जे, जहाँ भन्यो त्यहीँ जाने । नेता नेपालजस्तो व्यक्ति सधैभरी आफू मात्रै नेतृत्वमा रहिरहनु पर्ने सोच,उहाँ र उहाँका गुटलाई पदमा पु¥याउन सबैले त्याग गर्नुपर्ने, पद नपाउँदा घु¥क्र्याउने कस्तो शैली हो नेता नेपालको ?
केपी शर्मा ओली पार्टी अध्यक्ष भएदेखि नै अध्यक्षसँग निहुँ खोज्दै आउनु भएका नेपालले एमाले माओवादी एकिकरणपश्चात झनै मोर्चाबन्दी गरेर षड्यन्त्र गर्ने अवसर प्राप्त गर्नुभयो । प्रधानमन्त्री ओलीले मृगौला डाइलासिस गर्दैगर्दा पनि माधव प्रचण्डले षड्यन्त्र गर्न छोड्नुभएन । मानवता अलिकति पनि नभएका नेताहरु, प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण गरेर देश विकासको काममा लाग्दा झनै सहीनसक्नु भयो । प्रधानमन्त्री ओली तलमाथि केही भएमा पद पाउँला भनेर हेरेका थिए । चौतर्फी घेराबन्दीमा पारेर प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने जुन दाउ थियो त्योे पूरा हुन पाएन । अहिले माधव नेपालमा धेरै छटपटी बढेको छ । प्रतिनिधि सभा विघटनको निर्णयपश्चात र सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा प्रचण्ड–माधव मिलेर प्रधानमन्त्री ओलीलाई सडकबाटै हटाउने काम गरे । विधि र पद्दतिको लामो व्याख्या गरेर नथाक्ने यी नेताले विधि र प्रक्रिया लत्याएर प्रधाननमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरेका थिए । नेता नेपाल र प्रचण्ड, केपी ओली बाहेको नेकपा हाँक्न तयार थिए । प्रचण्डसँगै बस्न खुट्टा उचालिसकेका नेता नेपालले, पार्टी एकिकरण भन्दा अगाडीको अवस्थामा सर्वोच्च अदालतले पु¥याएपछि मात्रै आफ्नो धरातल देख्नुभयो । एमाले र माओवादी केन्द्र स्वतन्त्र अस्तित्वमा भएपछि पनि नेता नेपाले पहिलाकै जस्तो गरी पार्टी नेतृत्वलाई गाली गलौज गर्न र समानान्तर गतिविधि गर्न छोड्नु भएन । पार्टीको बैठकमा समेत नगएर घुर्की लगाउने काम गर्नुभयो । अहिले पनि नेता नेपाल, राजनैतिक विषयको विवादमा समेत झगडियाजस्तै गरी कहिले निर्वाचन आयोग त कहिले सर्वोच्चमा धाउने गर्नुभएको छ । माधव नेपालजस्ता नेताबाट कार्यकर्ताले पनि सिक्ने हुन् । त्यसैको फलस्वरुप नेता नेपालले एमालेको बहुमत पुग्ने प्रदेश एक र तीनका सरकारहरु गिराउने खेलमा लाग्नुभएको छ । विडम्बना नेता नेपाल एउटै पार्टीमा बसेर आफ्नै सरकार भत्काउन लागि पर्नुभएको छ । कणार्लीमा उहाले देखाइदिनु भएको छ । त्यसैगरी लुम्बीनीको प्रयास असफल रह्यो । गण्डकीमा एमालेको सरकार भत्काएर काग्रेसलाई बनाउने प्रयास जारी छ । अध्यक्ष केपी ओलीको रिसले नेता नेपालले पार्टीमा इमान्दारीपूर्वक लागिरहेका कार्यकर्तालाई धोका दिनुभएको छ । नेतृत्वले मात्रै पाटी बन्दैन । थुप्रै कार्यकर्ता, शुभचिन्तकहरुको रगत पसिनाले, योगदानले पार्टी अहिलेको अवस्थामा आईपुगेको छ । पार्टी भत्काउन सजिलो छ तर बनाउन धेरै कठिन छ । नेपालीमा एउटा उखान नै छ ……….को औषधि हुँदैन भनेझैँ नेता नेपालमा त्यो लज्जाबोध हुन सकेन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->