
तनहुँ, ९ बैशाख– तनहुँबाट गाजासहित तीन जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ का २५ बर्षीय आकाश मगर, स्याङजाको पुतलीबजार नगरपालिका–१४ का १८ बर्षीय जगदीश क्षेत्री र कास्कीको पोखरा महानगरपालिका–१७ का समिप मगर रहेका छन् । उनीहरुलाई बन्दीपुर गाउँपालिका–४ नयाँपुलबाट १ किलो गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक युवराज तिम्लिसिनाले बताए । ‘लागु औषधको कारोबार हुने गरेको गोप्य सुचनाको आधारमा नियन्त्रणमा लिएको हौँ’, उनले भने । तीनै जनालाई गाँजा मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए ।





