बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा मादीले बगाएर किशोर बेपत्ता

तनहुँमा मादीले बगाएर किशोर बेपत्ता


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७८, शनिबार
बेपत्ता किसोरको खोजी गर्दै नेपाली सेना ।

तनहुँ, ११ बैशाख– तनहुँमा शनिबार दिउँसो मादी नदीले बगाएर १८ बर्षीय किशोर बेपत्ता भएका छन् । व्यास नगरपालिका– ५ मादी नदीमा पौडी खेल्ने क्रममा सोही वडाको मोचाबारीका रमेश विक बेपत्ता भएका हुन् । ट्याक्टरमा सहचालक काम गर्ने विक बालुवा लिन मादीमा गएका बेला पौडी खेल्न नदीमा जाँदा नदीले बगाएको तनहुँ प्रहरीले जनाएको छ । विकसँगै पौडी खेल्दै गरेका अर्का एक युवक नदीबाट बाहिर निस्किएको धेरै बेरसम्म बेपत्ता भएपछि प्रहरीलाई खबर गरिएको थियो ।
चापाघाटस्थित काली भञ्जन गण (इ) को सेनाको टोलीले बेपत्ता विकको खोजीकार्य गरेपनि फेलापार्न नसकेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->