पोखरा, १२ बैशाख – नेकपा एमालेका सांसद कृष्ण थापाले अविश्वासको प्रस्तावलाई सामना गर्न आफूहरु तयार रहेको प्रतिक्रिया दिएका छन् । उनले सरकार चलाइरहेको जिम्मेवार पार्टी भएकाले सामना गर्न तयार रहेको बताए ।
‘यत्रो सरकार चलाइराखेको जिम्मेवार पार्टी तयार नहुने कुरै भएन नि ! किन नहुने ?’ सांसद थापाले भने, ‘तै पनि के नै पो बिग्रेको छ र यहाँ रु २८ जना सांसद हामी छँदै छौं । १-२ जनाको कुरा हो । यहाँ धेरै ठूलो कुरा क्यै छैन नि ?’
सरकार पक्षीय सांसद भएकाले तयार नहुनुपर्ने अवस्था नै रहेको सुनाउँदै थापाले भने, ‘सरकार तयार नहुनुपर्ने भन्ने के छ र ? त्यो त सरकारसँगै सोध्नुस् । तर, म सरकार पक्षीय सभासद भएका हिसाबले, सत्तारुढ पार्टीको सभासद भएकाले हामी तयार नहुनुपर्ने भन्ने विषय नै छैन ।’
सांसद थापाले आफैंले बनाएको संविधान र नियमावलीलाई पूरा पालना गर्ने बताए । ‘हामी आफैंले बनाएको संविधान, निययमावली त्यसलाई हामीले पूर्णरुपमा कार्यान्वयन गर्छौं । एकदम तयार छौं ।’





