तनहुँ, १२ बैशाख– म्याग्दे खोलामा आईतबार वेवारिसे पुरुषको शव फेला परेको छ । तनहुँको म्याग्दे गाउँपालिका–४ र ६ हुदै बगेको खोलामा अकलादेवी मन्दिरको पछाडीपट्टी अन्दाजी २५÷३० बर्षीय पुरुषको शव पानीमा तैरिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिनाले बताए । स्थानियले शव खोलामा तैरीरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘शवलाई दमौली अस्पतालमा राखेका छौँ । पहिचानका लागी अनुरोध समेत गरिएको छ’, उनले भने ।





