पोखरा, १३ वैशाख– पोखरामा संचालित रेडियो अन्नपूर्ण २० औं वर्षमा प्रवेश गरेको छ । आइतबार एफएमले आफ्नो १० औं वार्षिकोत्सव मनायो । सो अवसरमा एफएमले वर्षभर आयोजना गरेको
कार्यक्रमका संयोजकहरुलाई सम्मानित पनि गरियो । सम्मानित हुनेहरुमा नयाँ पुस्तामा नारायण गोपाल कार्यक्रमका संयोजक सन्तोष बस्याल, १९ औं वृहत रक्तदान कार्यक्रमका संयोजक दीननाथ बराल र नयाँ वर्षमा मुक्तक कार्यक्रमका संयोजक कृष्ण देवकोटा रहेका छन् ।
सोही अवसरमा १९ औं वृहत रक्तदान कार्यक्रममा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै रेडियो अन्नपूर्णकर्मी शोभा नेपाल र सविन रेग्मी पनि सम्मानित भए ।
सोही अवसरमा रेडियोका वरिष्ठ प्रस्तोता आर्जुबिष्ट सल्यानीलाई रेडियो कार्यक्रमको उत्पादक तथा अनलाइन अन्नपूर्ण न्यूज डटकमको जिम्मेबारी सुम्पिएको छ । विष्टले रेडियो अन्नपूर्णको इतिहासलाई स्मरण गर्दै आफूलाई दिएको जिम्मेवारीलाई पूरा गर्ने बताए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले रेडियोको गरीमालाई यहाँ सम्म पु¥याउन कर्मचारीको भूमिका अब्बल रहेको बताए । रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेले रेडियोले विगतका वर्षमा गरेका सामाजिक कामहरुको विषयमा जानकारी गराउँदै आगामी दिनमा पनि सो कार्यलाई निरन्तरता दिने बताइन् । रेडियोका स्टेशन म्यानेजर संजय मल्लले रेडियो अन्नपूर्णको साख उच्च राख्ने गरी नयाँ कार्यक्रम थप्ने बताए ।पोखरा उद्योग बाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष गोर्कण कार्कीले रेडियोप्रति आम स्रोताको विश्वास रहेको र सो विश्वासलाई मर्न नदिने गरी कार्यक्रमहरु प्रस्तुत गर्न आग्रह गरे ।





