पोखरा, १४ बैशाख – सत्तारुढ दल नेकपा एमालेले अवरुद्ध गरेपछि स्थगित भएको गण्डकी प्रदेशसभा १५ गते १ बजेसम्मका लागि स्थगित भएको छ । सुरुमा २० मिनेटलाई स्थगित गरेको सदन बुधवारसम्म स्थगित भएको हो । मंगलबार बसेको कार्य व्यवस्था समितिको बैठकले सबै सांसदले पिसिआर मंगलवार साँझसम्म टेस्ट गर्ने, पोजिटिभ आएकाले संसदमा बोल्न नपाउने तर, भोटिङ गर्न पाउने निर्णय गरेको बैठकमा सहभागी नेकपा एमालेका सांसद कृष्ण थापाले जानकारी दिए । प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव हिजो पेस गरिएको छ । भोलिको बैठकमा मतदानको कार्यसूची छ ।





