बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ऋषिङ धारापानी दुर्घटनामा एकको मृत्यु, १६ घाईते

ऋषिङ धारापानी दुर्घटनामा एकको मृत्यु, १६ घाईते

उकालोमा गाडी ब्याक गर्दा ब्रेक नलागेर दुर्घटना भएको प्ररहीको भनाई ।


  • ढोरपाटन संबाददाता
  • बैशाख १४ २०७८, मंगलबार

तनहुँ, १४ बैशाख– मंगलबार दिउँसो तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ की २५ बर्षीया मनु थापा रहेकी छन् ।
दमौलीबाट भिरकोट जादै गरेको ग १ ज ७६०० नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिनाले बताए । दुर्घटनामा गम्भिर घाईते थापालाई उपचारको लागी दमौली अस्पताल ल्याईएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको उनले बताए ।
दुर्घटनामा १६ जना घाईते भएका थिए । तीमध्ये एक जना गम्भिर छन् । तीन जना उपचारपश्चात डिस्चार्ज भएको उनले बताए । घाईते पाँच जनालाइ उपचारका लागी पोखरा पठाईएको छ भने बाँकीको दमौली अस्पतालमा उपचार भईरहेको छ ।
उकालोमा गाडी ब्याक गर्दा ब्रेक नलागेर दुर्घटना भएको प्रहरी नायव उपरिक्षक तिम्लिसिनाले बताए । उनले भने, ‘उकालो बाटोमा ४०÷५० मिटर जिप ब्याक गरेको देखिन्छ । ब्याक गर्दा ब्रेक नलागेर भिरबाट जिप खस्दा दुर्घटना भएको हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->