पोखरा, १५ बैशाख – राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिगएको निवेदनका आधारमा प्रदेशसभा सचिव हरिराज पोखरेलले सूचना टाँस गरेका छन् । सूचनामा जनमोर्चाका सचेतक पियारी थापाको निवदेनका आधारमा विषम परिस्थिति उत्पन्न भएकाले अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ ।





