पोखरा, १५ बैशाख – राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले बेपत्ता भएका आफ्नै पार्टीका सांसद खिमविक्रम शाही बारे आफूलाई जानकारी नभएको बताएका छन् । `उहाँसँग संसद् सुरु हुनुभन्दा अगाडि फोनमा कुरा भएको थियो । मतदान हुँदासम्म आउँछु भन्नुभएको थियो,´ बैठक स्थगित भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै नेता थापाले भने, `त्यसपछि सम्पर्क भएको छैन । कहाँ जानुभयो थाहा भएन ।´
जनमोर्चा सांसद शाही बेपत्ता भएपछि सोही पार्टीकी सांसद पियारी थापाले खोजिदिन माग गर्दै निवेदन दिएकी थिइन् । उनको निवेदनपछि संसद सचिवालयले संसद् स्थगित गरेको छ ।





