बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

१५ वर्षअघि धौलागिरी हिमालमा हराएको हेलिकप्टर र मानव अवशेष फेला पर्यो

१५ वर्षअघि धौलागिरी हिमालमा हराएको हेलिकप्टर र मानव अवशेष फेला पर्यो

नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०७८, शुक्रबार

पोखरा, १७ बैशाख – १५ वर्षअघि धौलागिरी हिमालमा हराएको एक हेलिकप्टर र मानव अवशेष फेला परेको छ । नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत हिमालमा जम्मा भएको फोहोर संकलन गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टिक हेलिकप्टर र मानव अवशेष फेला परेको हो ।
नाइन एन ए सीआर कलसाइनको सो हेलिकप्टर सफाइ टोलीले फेला पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सँगै २ शव पनि भेटिएको छ । धौलागिरी बेस क्याम्पनजिकै ती शव र क्षतविक्षत अवस्थामा हेलिकप्टर भेटिएको हो । मृतकको पहिचान खुल्न नसकेकाले छानविन भइरहेको सैनिक प्रवक्ता सन्तोषबल्भव पौडेलले बताए ।
उक्त हेलिकप्टर धौलागिरी बेसक्यापबाट २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्यूपमेन्टसहित फेला परेको छ । हेलिकप्टरसँगै भेटिएको शवको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको सेनाले जनाएको छ ।
सेनाले सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्न सैनिक टोली खटाइएको छ । ‘सेभ दि हिमालयज फर दि फ्युचर’ नारासहित ‘सफा हिमाल-२०२१’ मिसनमा रहेको नेपाली सेनाले देशका विभिन्न ६ हिमाल एकैसाथ सफाइ गरिरहेको छ ।
सेनाले सगरमाथासहित ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरी हिमाल सफाइ गरिरहेको छ । विश्व वातावरण दिवसको दिन पारेर जेठ २२ मा सबै हिमालबाट संकलित नकु्हिने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरेर अभियान समापन गर्ने सेनाले जनाएको छ ।
हेर्नुहोस् नेपाली सेनाको सूचना :

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->