बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कास्कीका ३ र म्याग्दीका १ जना कोरोना संक्रमितको मृत्यु

कास्कीका ३ र म्याग्दीका १ जना कोरोना संक्रमितको मृत्यु

योसँगै गण्डकी प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ ।


  • विकास मगर
  • बैशाख २३ २०७८, बिहिबार
धौलागिरी अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव वाहिर निकाल्दै स्वास्थ्यकर्मी । तस्वीर: ढोरपाटन ।
पोखरा, २३ वैशाख – गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ३ र म्याग्दीका १ संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । निर्देशनालका अनुसार कोरोनाबाट मृत्यु हुनेमा पोखरा-३ का ८७ वर्षीय पुरुष, पोखरा-२९ का ४१ वर्षीय पुरुष र पोखरा-१८ का ७३ वर्षीय पुरुष छन् ।
त्यस्तै, म्याग्दी धौलागिरि गाउँपालिका-२ की ७२ वर्षीय संक्रमित महिलाको पनि मृत्यु भएको निर्देशनालयले जनाएको छ । तीन जनाकै उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । बिहीबार पनि गण्डकीका २ जना संक्रमितको मृत्यु भएको थियो । योसँगै गण्डकी प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->