पोखरा, २६ वैशाख– गएको वैशाख १६ गते मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दीपक मनाङेको नाउँबाट चर्चित राजिव गुरुङ गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भए । सामाजिक विकास मन्त्रालय टुक्र्याएर मुख्ममन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री दिएपछि मनाङेले स्वयंले आफू कति दिन मन्त्री हुने हो भन्ने निश्चित नभएको तर जति दिन मन्त्री भए पनि सिस्टम बसालेर छाड्ने उद्घोष गरेका थिए । भयो पनि त्यस्तै १ मन्त्री भएको १० दिनपछि वैशाख २६ गते उनलाई मन्त्री बनाउने मुख्यमन्त्रीले नै राजीनामा दिए । मुख्यमन्त्रीले राजीनामा दिएपछि उनी पनि काम चलाउ भएका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मनाङेसँग विपक्षी वा सत्तापक्षमध्ये एउटा रोज्ने छुट थियो । स्रोतका अनुसार उनले जता गएपनि मन्त्री पाउँथे । तर, मनाङेले आफ्नो जिल्लाबासीको आगं्रह अनुसार पृथ्वीसुब्बा रोज्नुपर्ने बाध्यता आएको बताउँदै सत्तापक्षलाई साथ दिए । सत्तापक्षलाई साथ दिएका उनी अब के गर्छन्। भन्ने निश्चित छैन तर उनी परिआए विपक्षी मोर्चामा पनि जानसक्ने आंकलन भने गरिएको छ ।





