सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

‘आमाको स्मरणमा’ मातृ औंसीको दिन

‘आमाको स्मरणमा’ मातृ औंसीको दिन


  • मंगलादेवी श्रेष्ठ
  • बैशाख २८ २०७८, मंगलबार

श्री गणेशाय नमः
‘मातृ भवः पिर्त देव भव’

‘‘सर्वप्रथम भगवान स्वरुप आमालाई कोटी, कोटी नमन’’
‘आमा’ यी दुई अक्षरको शव्दभित्र सृष्टिको विशाल रुप अटाएको छ । ‘आमा’ भन्ने शब्द उच्चारण गर्दाखेरी नै मर्मस्पर्शि एवं हृदय विदारक ध्वनी उच्चारण हुन्छ । हामीलाई यस संसार देखाईदिने सृष्टिकर्ता भगवान हुन् ‘आमा’ । परिवारको सुखको निम्ति आफ्नो इच्छा, आकांक्षाहरुको बलिदान दिने महान पात्र हुन ‘आमा’ अतः ‘आमा’ भन्ने शब्द नै महान हो । अतः हाम्रो लागि ‘आमा’को काख नै स्वर्ग हो अनि ‘आमा’को मुस्कान नै भगवानको मन्दिर हो, देवालय हो ।
सारा ब्रमाण्डका रचयिता हुन ‘आमा’ सृष्टि कै सुन्दर फूल हुन् । ‘आमा’ नौ महिनासम्म गर्भमा लिएर आफ्नो प्राण हत्केलामा राखी प्रशव पिडा वेदना सहेर, हामीलाई जन्म दिई यो संसार देखाई दिने सर्वश्रेष्ठ सृष्टिकर्ता भगवान हुन् आमा ।
एउटी आमाले आफ्ना सन्तानहरुको लालनपालन र सुस्वास्थ्यको लागि आफूले कष्ट र पिडा सहेर रातदिन आफ्ना सन्तानहरुको लागि तड्पिरहेकी हुन्छिन् । ‘आमा’ आफ्ना सन्ततीहरुको दुखमा आँशुको भेल बगाउँछिन् ‘आमा’ र आफ्ना सन्ततीहरुको हाँसी खुसीमा मात्रै रमाउँछिन्, मुस्कुराउँछिन् र आफ्ना सन्तानहरुलाई कसरी सक्षम एवं शिक्षित बनाउने भनी ‘आमा’ रातदिन तड्पिरहेकी हुन्छिन् । आफ्ना सन्तानहरुको भविश्यको लागि हरपल सोचिरहेकी हुन्छीन् ‘आमा’ ।
‘आमा’ शब्द कहिल्यै नओइलाउने अजम्बरी फूल हुन् । निस्वार्थ माया ममता कि धनी हुन ‘आमा’ हाम्रो जिवन ज्योती हुन ‘आमा’ । हामीले जिवनमा सबै चिजहरु खोजेर पाउँछौं तर जन्मदिने ‘आमा’ कतै खोजेर पाउन सक्दैनौ । ममता कि सुन्दर मुर्ति हुन् ‘आमा’ ।
तर वास्तवममा संसारमा सबैभन्दा प्रिय शब्द नै ‘आमा’ हाम्रो बैदिक हिन्दु धर्मसँग नै जोडिएको छ । ‘मातृ देव भवः पितृ देव भव’ भन्ने हाम्रो हिन्दु परम्परा धर्मसित ठुलो कडी नै जोडिएको छ कि ‘आमा’लाई बाचुन्जेल सेवा गर्ने माया, ममता र प्रेम दिने औ मृत्यु पश्चात तर्पण श्राद्ध गरी पितृलाई तृप्त पार्न हाम्रो बैदिक परम्परा रहि आएको छ ।
तर यसरी आफुलाई जन्मदिने आमा प्रतिको मर्म स्पर्शिका यादहरुलाई चटक्कै भुलेर आफ्ना आमाहरुलाई बृद्धाश्रममा लगेर छाडिदिन्छन् र जुनसकै बृद्धाश्रममा पनि महिलाहरुकै संख्या धेरै भएको देखिन्छ । जुन मानवताप्रति नै एक जघन्य एवं. आक्षेप हो । समय खोला न हो, आफुले गरेको कर्मको आफैलाई फर्कने समय पनि पक्कै आउँछ बितेका समयको दायीत्वबाट विमुख हुन पक्कै पर्छ नै ।
भगवानले मातृत्व शक्तिको अत्यन्तै महिमा गर्नुभएको छ । सृष्टिकर्ता ‘आमा’ इश्वर सम्झेर पुजा गर्ने अनि स्नेह, माया, ममता गर्ने निर्देशन दिनुहुन्छ भगवान ।
तर नजिकैको तीर्थ हेला भनेझैं आफ्नो साथमा रहेको, माने आफूसित भएको कुनै पनि बस्तुहरुको मुल्यांकन हुँदैन । जब त्यो साथमा नहुँदो हो त तब मात्रै त्यो चिजको बढी महत्व तथा तब मात्रै मुल्यांकन हुन्छ ।
धार्मिक सास्त्र औं ग्रन्थहरुमा आमालाई उच्च स्थानमा राखिएको हामीले पाउँछौं ।
संसारमा सबैभन्दा प्रिय शब्द एवं पवित्र सम्बोधन नै ‘आमा’ हो । जसको साथमा आमा हुनुहुन्छ उ कहिलै पनि दुखी एवं गरिब हुन सक्दैन् । यस संसारमा उ जतिसुकै पैसाको धनी भएपनि ‘आमा’ बिना त उ सधैं गरिब नै हुन्छ । जसको साथमा ममतामयी ‘आमा’ हुन्छिन् उ कहिल्यै गरिब हुन सक्दैन ।
यो विश्वमा सबैभन्दा पवित्र एवं हृदयस्पर्शी सम्बोधन हो ‘आमा’ नै । हामिलाई दुःख सुखमा अतिनै सम्झना आउने ‘आमा’को अनुहार नै हो ।
यसरी मातृ औंसिको दिनमा मातृ दिवस भन्ने सम्बोधन गर्ने चलन पनि रहि आएको छ ।
‘आमा’ मातृ औंसीको दिन आमाको स्मरणमा मेरो मातृ विछोडमा तड्पिरहेको मनको बेदनालाई यहाँहरुको समक्ष व्यक्त गर्न पाएकोमा म आफुलाई धन्य सम्झेको छु ।
शब्द कोषमा अरबौं शव्दहरु होलान तर मेरो लागि यी दुइ शब्द नै महुमुल्य छ । ‘आमा’ मेरो आमा नै मेरो भगवान हो ।
‘पाईन्छ हिरा, मणी र रत्न, सबै चिज पाईन्छ, तर, आमाको जस्तो निस्वार्थ मायाँ पाईन्न सबैको’ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->