सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

सपथ ग्रहणका लागि गुरुङ प्रदेश प्रमुखको कार्यालयमा

सपथ ग्रहणका लागि गुरुङ प्रदेश प्रमुखको कार्यालयमा


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७८, बुधबार
फाईल तस्विर

पोखरा, २९ वैशाख – गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई सांसदले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी सार्वजनिक वक्तव्य दिएपछि सत्ता समीकरण नयाँ मोडमा पुगेको छ ।

जनमोर्चाका सांसद कृष्ण थापा र खिमविक्रम शाहीद्धारा आफु तटस्थ रहेको घोषणा गरेसंगै प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत नपुग्ने भएको हो ।

नेपालीले वहुमत पुष्टी गर्ने नसकेपछि प्रदेशसभामा ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्ने भएको छ । प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको भन्दै पृथ्वीसुब्बा गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

संविधानको धारा १६८ (३) अनुसार पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री नियुक्त भएका हुन् ।

अब प्रदेश प्रमुखको कार्यालयमा एमाले संसदीय दलका नेता गुरुङलाई सपथ ग्रहण गराउन लागिएको छ । सपथग्रहणका लागि गुरुङ प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेका छन् ।

मुख्यमन्त्री गुरुङ कोरोना संक्रमितसमेत रहेकाले आवश्यक स्वाथ्य मापदण्ढ पूरा गरेरमात्रै सपथ ग्रहण गरिने एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारीले जानकारी दिए । उनले भने, ‘कोरोनाले उहाँलाई सपथ ग्रहणमा कुनै असर गर्दैन । स्वास्थ्य मापदण्डसहित सपथ लिनुहुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->