सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गण्डकी प्रदेशमा पुन: नियुक्त मुख्यमन्त्री गुरुङले लिए शपथ

गण्डकी प्रदेशमा पुन: नियुक्त मुख्यमन्त्री गुरुङले लिए शपथ


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७८, बुधबार

पोखरा, २९ वैशाख – गण्डकी प्रदेशमा पुन: नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

एमालेका संसदीय दलका नेता गुरुङ प्रदेशसभामा ठूलो दलको हैसियतमा बुधबार नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मतदान हुनेभन्दा एक दिन अघिनै वैशाख २६ मा राजीनामा दिएपछि गुरुङ कामचलाउ सरकारका मुख्यमन्त्री थिए ।

मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र सरकार गठन आव्हान गरेकी थिइन् । उक्त धारामा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा त्यसभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->