पोखरा, २९ वैशाख – गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले पहिलो निर्णय प्रदेशको कोभिड कोषलाई ४ करोड दिने गरेका छन् । निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएकाे उक्त फाइलमा मुख्यमन्त्री गुरुङले हस्ताक्षर गरेका हुन् ।
सपथ ग्रहण लगतै पत्रकारसंग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री गुरुङले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि प्रदेशको कोभिड कोषमा सरकारकाे तर्फबाट ४ करोड दिने वताएका थिए ।





