बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

व्यास नगरका अत्यावश्यक बाहेकका सेवा पनि बन्द

व्यास नगरका अत्यावश्यक बाहेकका सेवा पनि बन्द


  • विनोद ढुंगाना
  • जेष्ठ २ २०७८, आइतबार

तनहुँ, २ जेठ– कोरोना भाईरसको दोस्रो लहर तिब्र गतिमा फैलदै गएपछि जिल्लाको व्यास नगरपालिकाबाट प्रवाह हुने सेवा बन्द हुने भएको छ । स्वास्थ्य, नियमित सरसफाई, बारुण यन्त्र बाहेक नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट दिईने सेवा बन्द हुने नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । जेठ ३ देखी १० गतेसम्म सेवा बन्द हुनेछ । ‘त्यसपछि फेरी अर्को निर्णय हुनेछ’, उनले भने ।
आईतबार बसेको कोभिड–१९ नियन्त्रण समिक्षा बैठकले व्यास नगरमा औषधीजन्य बाहेकका सबै व्यवसाय बन्द गराउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई अुरोध गर्ने निर्णय समेत गरिएको छ । ‘दैनिक संक्रमण बढेको छ । बजार खुल्दा चहलपहल बढ्छ । संक्रमण फैलने जोखिम पनि बढ्छ’, व्यास–५ का वडाध्यक्ष समेत रेहका श्रेष्ठले अगाडी थप्दै भने, ‘तसर्थ औषधीजन्य बाहेकका सबै व्यवसाय बन्द गर्न डिसिसिएमसिलाई अनुरोध गरेका छौँ ।’ हाल तनहुँमा बैशाख २२ गते राती देखी निषेधाज्ञा जारी छ । निषेधाज्ञाको बेला अत्यावश्यक भनिएको खाद्यन्न, तरकारी, फलफुल, दुग्धजन्य पदार्थ, निर्माण समाग्रीका पसल विहान ५ देखी ९ बजेसम्म खोल्ने समय तोकिएको छ ।
रुघा, खोकी, ज्वरोका बिरामी पिसीआरको दायरामा आउन नमानेकाले टोल बिकास संस्थालाई परिचालन गरी यस्ता लक्षण देखिएका बिरामीलाई पिसीआरको दायरा ल्याईने श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->