सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

लेखनाथका तालहरुको मापदण्डसम्बन्धी अध्ययन प्रतिवेदन बुझाईयो

लेखनाथका तालहरुको मापदण्डसम्बन्धी अध्ययन प्रतिवेदन बुझाईयो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७८, आइतबार

पोखरा, २ जेठ– पोखरा महानगरपालिकाले गठन गरेको लेखनाथस्थित तालहरुको मापदण्ड सम्बन्धी अध्ययन समितिले प्रतिवेदन बुझाएको छ । डाक्टर सोमनाथ सापकोटाको संयोजकत्वमा गठित समितिले तयार पारेको लेखनाथस्थित तालहरुको मापदण्ड सम्बन्धी अध्ययन प्रतिवेदन पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई आइतबार बुझाएको हो । संयोजक सापकोटाले महानगर प्रमुख जिसीलाई प्रतिवेदन बुझाउनु भएको हो ।
समितिको सदस्यमा खिमलाल गौतम, हरिबहादुर भुजेल, अनुप गुरुङ, आमन्त्रित सदस्य गगन ढकाल, जगन्नाथ कोइराला र सदस्य सचिवमा आशोककुमार सुनार रहनु भएको थियो । प्रतिवेदनमा तालको मापदण्ड, तालहरुको विशेषता अनुसार सौन्दर्यकरण र तालको दीर्घकालीन संरक्षणलाई जोड दिएर समितिले प्रतिवेदन तयार पारेको छ । तालको मापदण्ड परिमार्जन गर्न समितिले सुझाव पनि दिएको छ ।
प्रतिवेदन बुझाउने कार्यक्रममा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, महानगरका सूचना अधिकारी भरतराज पौडेल, समितिका सदस्यहरु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->