
तनहुँ, ३ जेठ– आईतबार राती साढे ८ बजे देवघाट गाउँपालिका–५ की ६८ बर्षीया महिलाको मृत्यु भयो । कोरोनाको शंका लागेपछि आईतबार दिउँसो नै उनको स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी पठाईएको थियो । सोमबार विहान आएको पिसीआर रिपोर्टमा उनलाई कोरोना पोजेटिभ पुष्टी भयो ।
कोरोना पुष्टी भएपछि सामान्य अवस्थामा जस्तै आफन्तले शव बोकेर घाटमा पु¥याउन जोखिम हुन्छ । जोखिम हुने भएपछि मृतक महिलाको शव डोजरले बोकेर त्रिशुली घाटमा पु¥याईयो । स्वास्थ्यको मापदण्ड पालना गरी परिवारका सदस्यले नै शव जलाएका छन् ।
शव वाहन नहुदाँ मृतकको आफन्तको डोजरमा लगेर शव व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए । ‘शव वाहनको आवश्यकता त छ । चाउचाउ बिस्कुट किने जस्तो हैन्’, उनले भने, ‘हामीकहाँ अलिक दुर्गम ठाउँ भ’को हुदाँ जहाँ जे छ त्यसैलाई म्यानेज गर्ने हो । आजको घटना भाको ठा’म मा त रोड पनि छ । वडा नम्बर १, २, ३, ४ भनेको त असाध्यै दुुर्गम ठाउँ हो । त्यहाँ संक्रमितको मृत्यु भयो भने पिपिई लगाएर आफन्तले शव बोकेर लैजाने हो । शव वाहनको कुनै अर्थ छैन् ।’
शव वाहन खरिद गर्ने योजना नै नरहेको अध्यक्ष थापाले स्पष्ट पारे । गाउँपालिकाको आफ्नै एम्बुलेन्स समेत नभएको उनले सुनाए । कोरोना संक्रमित बोक्नका लागी गाउँपालिकाले रेडक्रसको एम्बुलेन्ससंग सम्झौता गरिएको छ । एम्बुलेन्स खरिदका लागी भने आगामी आर्थिक बर्षमा बजेट व्यवस्था गर्ने योजना रहेको सुनाए ।
जिल्लाका १० वटै स्थानिय तहमा शव वाहन छैन् । कोरोनाको माहामारी बढेपछि व्यास नगरपालिकाले भाडाको शववाहन सञ्चालनमा ल्याएको छ । प्रमुख जिल्ला अधिकारी सागार आचार्यका अनुसार जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराले सञ्चालन गर्नेगरी अर्को शव वाहानको व्यवस्थापन हुदैँछ ।
कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि शव वहानको अभाव खड्किएको आचार्य बताउँछन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले पर्सिसम्म सुर्य नेपालले दिने गाडीलाई शव वाहन बनाएर सञ्चालनमा ल्याउन उनको भनाई छ ।
‘सुर्य नेपालसंग व्यवसायिक उत्तरदायित्व वहन गर्दै शव वाहन उपलब्ध गराउन भनेका थियौँ । यो बेलामा शव वहान ल्याउन अलिकति गाह्रो भएको कारणले एउटा गाडी शव वाहनको रुपमा प्रयोग गर्ने गरी दिन भनेका छौँ । त्यसैलाई जिपी श्वासप्रश्वासमा राखेर सञ्चालानमा ल्याउछौँ’, उहाँले भन्नुभयो । उनले दुई वटा शव वाहन भएपछि जिल्लालाई पुग्ने बताए ।





