समयले अनेकौं कालखण्ड, कयौं शताब्दीसंग लुकामारी खेल्दै आज एक्काइसौं शताब्दीमा आइपुगेको छ । मानवले भक्तीभाव, श्रद्धा अनि दान र पुण्यका गहन अर्थ बोकेर मानव जगत आत्मिय भावना र संवेदनालाई अंकमाल गरी जिवन निर्वाह गर्न कैयन कालखण्ड पार गर्दै आजको अवस्थामा आईपुगेको हो । यस ब्रह्माण्डमा कतिपय मान्छेभित्र लक्ष्य र गन्तव्यविहिन यात्रा पनि होलान, ति बेग्लै कुरा भए । तर आम मानवले कुनै न कुनै रुपमा लक्ष्य र उदेश्य पुरा गर्न वा आफ्नो दैनिक जिवन निर्वाह गर्ने क्रममा साँघुरा र कठिन यात्रा तय गरेको कथा साथै कयौं शास्त्र र धर्मग्रन्थ लगायतका इतिहासहरु पनि पढ्दै र कतिपय अवस्था आफ्नै आँखा अगाडि देख्दै र भोग्दै आएको छौं । समयको चक्रसंगै आउने प्राकृतिक बिपत्ति, क्षय ह्रास र विलयका कुराले त हामी आम मान्छेको मनमा कयौं प्रश्न खडा गर्छ । एउटाको दुखमा अर्को मानवले दुख दर्शाउँछ । साथै आफ्नो बलबुताले भ्याएसम्म सहृदयी बन्ने हरपल प्रयासमा हुन्छ । एक पटक छातीमा हात राखेर मगज ठन्डा बनाएर सोच्नुहोस त मानवले मानवलाइ नै वर्गियता, भौगोलिकता र बर्णको आधारमा विभाजन गर्दै भेदभाव वा विभेद गर्दा पीडित पक्षमा के कस्तो पिडा हुँदो हो ? के यि कुराहरू आजको मानवले सोच्नुपर्ने विषय हैन र ? पक्कै पनि आम मानवले सोच्नैपर्ने हुन्छ । सधै मेरो मनमा यस्तै तरङ्गहरु छचल्किरन्छ ।
हरेक मानवमा लोभलालच, सहानुभूति, ईष्र्या, दया–माया अवस्य हुन्छ । त्यहिं गुणले गर्दा आज कलियुगका नेपालीमा मानवीय धर्म हराउँदै गएर व्यक्तिगत स्वार्थमा रमाउने चलन तिब्र विकास भएको छ । जसरी हुन्छ आफु अरुभन्दा धनी हुने र माथि पुग्ने । समाजमा रवाफ देखाउने चलन हाबी हुँदैछ । नेपाली समाजमा राजनीति फाइदाका लागि होस वा एनजिओ र आइएनजिओको खेतीका लागि उर्वर भुमि (मुद्दा) जातीय छुवाछूत र उत्पीडित समाजलाई लिन सकिन्छ । वर्ग उत्थानका कुरा घन्काउदै नेता बन्नेहरु हुन् अथवा धर्मान्तरण गर्दै डलर कमाउनेहरु नै किन नहुन् । कोही कसैले खास देशको हित साथै पीडितका हकमा काम गरेको देखिदैन । फगत उत्थानका कुरा गरेर एकआपसमा जातिय मुद्दामा द्वन्द्व निम्त्याउन जनता भड्काउन उचाल्न शिवाय । विश्वका धेरै देशमा अझैसम्म पनि मानव–मानवबीच भेदभाव छ । हाम्रो देश नेपालमा जातिय भेदभावको बिजारोपण १४ औं शताब्दीमा जयस्थिती मल्लको पालादेखि चलेको जानकारहरु बताउँछन । इतिहासमा समेत पढ्न पाइन्छ । दक्षिण भारतको केरल राज्यबाट दौत्य सम्बन्ध बिस्तार गर्न आएका ३ जना इसाई पादरीहरुको योजना अनुसार बाइबलको पुरानो करारमा यहुदीका १२ जात विभाजन गरे जस्तै नेपालमा पनि जाति विभाजन गर्न सुझाएको र जयस्थिती मल्ललाई एउटा दुरबिन उपहार दिएर चर्च खोलेको भन्ने तथ्यलाई भने जातीय उत्थानका कुरा गरेर धर्मान्तर गर्न जनतालाई लालायित बनाउने कसैले पनि समाजमा जानकारी नै दिँदैन । तिनै दक्षिणबाट आएका इसाई पादरीहरुले शिल्पी समुदायका चेलीबेटीलाई बलात्कार गर्दा २५ जना चेलीबेटीले त्रिशुलीमा हाम फालेर आत्महत्या गरेका थिए ।
हामीले हाम्रो इतिहास सभ्यतालाई जोगाउन र विश्वमा नेपाल र नेपाली भन्दै चिनिन पनि आफ्नै इतिहासकारको इतिहास, लेख खोज र अनुसन्धानलाई आत्मसात गर्दै अगाडि बढ्नुको विकल्प छैन ।
आफ्ना छोरीचेलीले आत्महत्या गर्न बाध्य भएपछि शिल्पी समुदायका मानिसले पादरीहरुलाई कारबाही गर्न जयस्थिती मल्ललाई सुझाव दिएका थिए । आक्रोशित इसाईहरुले राजालाई लोभलालच र दबाबमा पारेर दक्षिणको मालवर राज्य (हालको दक्षिण भारत)बाट रघुनाथ झा, रामनाथ झा र किर्ती उपाध्यायसहित महिनाथ भट्ट झिकाई यहुदीका १२ जातलाई सर्वश्रेष्ठ मानेर जाति विभाजन गरे जस्तै बाइबल पद्धति अनुसार नेपाली समाजलाई चार जात अठार बर्णमा विभाजन गरि राज्य संचालन गर्न सुझाएका थिए । त्यहि इसाईको संजालमा बेरिएर बनेको मानवीय भेदभावको कुरालाई एका कुनामा थन्काएर मनुस्मृतीमा गरेको बर्ण विभाजनलाई नै जातिय विभेदको व्याख्या गरेर उत्पीडित वर्ग समुदायलाई धर्मान्तरण गरिरहेका छन् । यहाँनेर वैदिक सनातन पूर्वीय सभ्यतालाई खोट देखाएर जातीय छुवाछूतको वकालत गर्नेहरू चाहि यथार्थ इतिहासदेखि बारम्बार भागेको देखिन्छ ।
जयस्थिती मल्ल पादरीहरुको घेरामा परेर वा दौत्य सम्बन्ध स्थापित गर्दै आफ्नो राज्य थप सबल बनाउन गरेको जातिय विभाजनसंग असहमति जनाउदै छोरा जयधर्मले मकवानपुर राज्यकी शिल्पी कन्यासंग बिहे गरेका थिए । तर पनि जातिय विभेदका विरुद्ध उनले गरेको विद्रोहले समाजमा कुनै छाप छाड्न सकेन । केहि जानकारहरुको अनुसार कुनैपनि समुदायले आफ्नो सीपलाई कमाई खाने माध्यम बनोस् र त्यो सिप अरु कसैले खोस्न नसकोस्, सबैलाई काम गरेर जिविका चलाउन सहजिकरण होस भन्ने हेतुले नै जयस्थिती मल्लले बर्ग विभाजन गरेको थिए भन्ने इतिहासको पनि बेला बेलामा चर्चा चल्छ । त्यहि जातिय विभाजन नै कालान्तरमा गएर छुवाछूतको मुख्य जड बन्यो । यद्यपि जयस्थिती मल्लकै पालामा राज्यको विकास र जनताको सुशासनमा उल्लेख्यनिय भुमिका निर्वाह गरेका इतिहास नभएको भने हैन । तथापि जातिवादको शुरूवात गरेर अहिलेसम्म नै मानवीय भेदभाव भने भोग्नुपरिरहेको छ ।
पादरीहरुको योजना मुताबिक मनुष्मृतीय जातिय विभाजन र भेदभावलाई वैदिक सनातन धर्मभित्रको खोट देखाउदै समाजलाई जातिय द्वन्द र धर्मान्तर गराउदै व्यक्तिगत लाभ लिनेहरुको हालीमुहाली आज निकै मौलाएको छ । अचेल सरकार र देशका नागरिकमा खुलेआम युरोपेली, र अमेरिकीसंगै कोरियन चर्चको प्रभाव छ । तर राणा कालसम्म युरोपेली देशका चर्चले हाम्रो देशलाई आफ्नो प्रभावमा पार्न अनेकौं जुक्ति निकालेको देखिन्छ । प्रथम राणा प्रधानमन्त्री जंग बहादुरलाई समेत प्रयोग गरेर लिखित रुपमै जातिय भेदभाव गरेको इतिहास आज हामी कसैले नकार्न मिल्दैन । जंग बहादुरलाई युरोप भ्रमणको निम्ता स्वीकार गर्दै मन्त्री मण्डलसंग बेलायत हिँडेका जंग बहादुरलाई बिक्रम सम्बत १९०६ माघमा पटनमा १९ तोपको सलामीसहित सम्मान गरियो । १९०७ जेठमा कलकत्तामा पनि योजना अनुसार नै सम्मान लिदै सामुन्द्रीक बाटोहुँदै बेलायत पुगे । इसाई मिसिनरीको योजना मुताविक १९०७ भदौ १० गते फ्रान्सको सर्टरी मैदानमा बेलायती रानीसंग सैनिक परेड हेर्न जाँदा जंग बहादुरले आफ्नो बहादुरी देखाएपछि महारानी प्रभावित भै बेलायती र फ्रान्सेली इसाईलाई बिज्ञको रुपमा नेपालमा पठाइ नेपालको संविधान (मुलुकी ऐन) बाइबलिय प्रस्थान १–२७ को जगमा टेकेर लेखियो । मुलुकी ऐनमा यहुदीका १२ कुललाई श्रेष्ठ मानेर विभाजन गरे जस्तै नेपालमा पनि आर्य, खस मत्वाली र दलित बनाई जाति विभाजन गरि छुवाछूतकोको प्रथालाई कानुनी रुपमा नै स्थापित गरियो । जात विभाजनअन्तर्गत मासिने मत्वाली र नमासिने मत्वाली गर्दै पानी चल्ने बर्ण र पानी नचल्ने बर्ण अछुत बनाइयो । यहीँ जातीय विभाजन समेटेर तयार पारिएको मुलुकी ऐन नै नेपालको पहिलो लिखित संबिधान बन्यो । युरोपको पुर्बवत योजना (मल्ल कालदेखि पृथ्वीनारायण शाहसम्म) नेपालमा इसाई धर्मान्तरका योजना बिफल हुँदै गएपछि जंग बहादुर राणालाई प्रभावमा पारेर वैदिक, सनातन, बौद्ध, बोन, नेवार समुदाय सहितको धर्म संकृतिलाई छुवाछूतसंग जोडेर बदनाम गरियो । यस्को एउटै मात्र उदेश्य भनेको कालन्तरमा पूर्वीय सभ्यतालाई निमिट्यान्न पार्दै पश्चिमी सभ्यता स्थापित गर्नु र पृथ्वीनारायण शाहले इसाईका पादरीलाई गरेको दुव्र्यवहारको बदला लिनु थियो । माओवादी जनक्रान्ती नामको द्वन्द्वमा इसाईकरण गर्न युरोपेली देशहरुले चर्चमार्फत लगानी गर्नु र ०६२÷६३ को आन्दोलनमा पृथ्वीनारायण शाहको शालिक तोड्नु र गणतन्त्र आएपछि धमाधम धर्मान्तर गर्न वार्षिक अर्बौ रकमसंगै युरोपेली नागरिक आएर गाउँ गाउँमा पुगेर इसाई बनाउनुले पनि यि कुरा पुष्टि गर्छ ।
केहि व्यक्तिगत स्वार्थमा धनी बन्ने चाहना राख्ने र अंग्र्रेजले बदनियतपुर्बक लेखेका इतिहास पल्टाएर आफुलाई विद्वान भन्दै टोपल्नेहरुले के बुझ्न जरुरी छ भने यो नेपाल देशनै वैदिक सनातन, बौद्ध बोन धर्मको उद्गम स्थान हो । यहीँ हाम्रो पूर्वीय सभ्यतालाई नै विश्वभरी फैलाएर आफ्नो पहिचान स्थापित गर्दै देशलाई सफल र सवल बनाउनतर्फ लाग्नुपर्छ । सत्य, त्रेत्रा, द्वापरयुगमा देवीदेवता, ऋषिमुनि दानवले साधना गर्ने स्थान हिमवतखण्ड नेपाल हो । जहाँ अनेकौं वैदिक सनातन भित्रका धर्मग्रन्थ अर्थशास्त्र, बौद्ध ग्रन्थ मूल सर्वास्तिवाद विनय–सग्रह,समुन्द्र गुप्तको प्रयोग अभिलेख आदिमा तपोभूमी नेपालको नाम उल्लेख गरिएको छ । अनादी कालदेखी मानव सभ्यता र सँस्कृतिको प्रमुख स्थल रहेको तथ्य नेपालको बनावटको आधारले पनि स्पष्ट पार्दछ सत्य युगमा यो देबस्थलको नाम सत्यवती थियो । शिव (पारुहाङ) पार्वती (सुम्निमा)को निवासस्थल त्रेतायुगमा भरत आदि ऋषि महर्षिको तपोस्थल भएकोले नेपाललाई तपोभूमि भनियो । द्वपारयुगमा मुक्ति प्राप्त गर्ने स्थल मुत्तिसोपान नाम रहन गयो । कलियूगमा नेपाल नामबाट प्रसिद्ध रहन पुग्यो । यो देश अनेकौं तन्त्रमन्त्र साधना गर्ने स्थान भएकोले नै वैदिक सनातनका देवीदेवता, ऋषि–महर्षी, सन्त महात्माको निवास एक तिर्थस्थल हो ।
हामीले हाम्रो इतिहास सभ्यतालाई जोगाउन र विश्वमा नेपाल र नेपाली भन्दै चिनिन पनि आफ्नै इतिहासकार (स्वामी प्रपन्याचार्य, योगी नरहरि नाथ लगाएतका) इतिहास, लेख खोज र अनुसन्धानलाई आत्मसात गर्दै अगाडि बढ्नुको विकल्प छैन । द्वपारयुगका जगतप्रसिद्द लेखक महर्षी वेदव्यासले स्कन्धपुराण काशिखण्ड, हिमवत खण्ड, प्राचीन आर्यूवेद निघण्टु आदि ग्रन्थमा नेपाल शब्दको प्रचुर प्रयोग गरेका छन् । त्यस्तै ६ हजार वर्ष पहिले नेपाल देशको सिमाना पुर्व काश्मिरदेखी कामरुप, उत्तर भोट मानसरोवरदेखि दक्षिण विन्ध्याचलसम्म फैलिएको थियो भनेर उल्लेख छ । सन् २०१७ मा प्रकाशित शम्शेर बहादुर आलेमगर लिखित मगर जातिको ईतिहास र सँस्कृती नामक पुस्तकअनुसार गणेश हिमालबाट बगेकी गण्डकी देबघाट, दामोदर कुण्डदेखि मुक्तिनाथ, कालीगण्डकी कृष्णा सम्मका भागहरु ऋषिका सधना स्थल हुन यहीँ क्षेत्रमा पर्ने पवित्रभुमी गोरखपोखरी र मनकामना क्षेत्रमा मुनिन्द्र ऋष त्रेतायुगमा अभिभाब भएका थिए ।





